काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकतापछि केही रहस्य खोल्नु भएको छ । अध्यक्ष दाहालले जनता टेलिभिजनमा आइतबार राति ८ः४५ बजे प्रसारण हुने द भ्यू कार्यक्रममा कम्युनिष्ट सिद्दान्त विश्वभर कही पनि पूर्ण रूपमा लागू नभएको बताउनु भयो ।
अध्यक्ष दाहालले भन्नुयो,– कम्युनिष्ट आन्दोलन विश्वभर यान्त्रिक नक्कल गरेर कही पनि सफल भएको छैन । सबै देशका आफ्नै मौलिक विशेषता हुन्छन् ।
सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफूलाई जनतासँग निरन्तर घनिष्ट राख्न सकेनन् । जनताबाट अलग्गिए । उनीहरुले विज्ञानलाई निरन्तर प्रयोग र विकास गर्न सकेनन् । उनीहरु कही न कही बौद्ध भिक्षु रहेसम्म घण्टी बजाउने हो भनेको जस्ता भए । समाजवाद वैज्ञानिक हुन्छ, कि त्यो समाजवाद बुर्जुवाको हुन्छ टुंगो छैन । संविधानले त्यो कुरा किलियर्ली भनेको छैन ।
विगतमा साथ दिएका सबै साथीहरुलाई एकतामा समेट्न नसकेकोमा मलाई असाध्यै दुःख लाग्छ । सयका सय सबैलाई समेटेर महान कार्य गर्न सकिँदैन । एकताको राष्ट्रिय आयाम मात्र छ्रैन, अन्तर्राष्ट्रिय आयाम पनि छ । यसले कम्युनिष्ट आन्दोलन विश्वभर आक्रमक ढंगले आउन सक्छ भन्ने सन्देश दिएको छ ।एकता संघर्ष र जनमतको परिणम हो ।
प्रचण्डमा देश काल र परिस्थितिलाई हेर्ने, बुझ्ने र आफ्नै खालको बिश्लेषण गर्ने प्रवृति छ । प्रतिक्रियावादीहरुले मलाई अस्थिर भन्ने ठाउँ छ । कमरेड मदन भण्डारी जीवित छंदा नै मुलुकभरका सबै कम्युनिष्टहरु एक हुने उदेश्यका साथ एकताको प्रयास भएको थियो । युद्धकालमा पनि हामीले एमालेसँग एकताको प्रयास गरिरहेका थियौ । वरिष्ठ नेता माधवकुमार नेपाल त्यसबेला एमालेको महासचिव हुनुहुन्थ्यो । त्यो बेला नै हामीले एकताको लागि उहाँसँग ५० औ पटक वार्ता गर्यो । कतिपय वार्ता देश बाहिर पनि गर्याै । अहिले केहीले भने भने जस्तो यो एकता अकस्मात भएको होइन ।
नेपालको परिस्थिति हेर्दा अब बल प्रयोग नगरि परिर्वतन ल्याउन सकिँदैन भन्ने लाग्यो । अन्तर्राष्ट्रिय झिल्काहरु पनि त्यस्तै खालको थियो । र मुलुकमा तत्कालीन सरकार समेत व्यापक दमनमा लागेको थियो । त्यही कारण हामीले यसलाई बिद्रोह नगरी हुँदैन भन्नेलाग्यो र हामी युद्धमा गयौ । हामीले युद्ध गर्दा तत्कालीन मन्त्रीहरुले यो, २ महिनामै सकिन्छ, भन्ने लागेको थियो । त्यसबेलाको विपक्षीलाई समेत माओवादी ६ महिनामै सकिन्छ भन्ने लागेको थियो । युद्ध शुरु गर्नुअघि हामीले अलग अलग फोटो खिच्यौ । को को मारिन्छन्, को को बन्छन् ? भन्ने ठेगान थिएन । तर हामीलाई गणतन्त्रसम्म पुग्न सकिन्छ भन्ने लागेको थियो । हामीले नोकरसँग होइन मालिकसँग नै सिधै कुरा गछौ भनेर राजासँग पनि वार्ता गर्यो ।https://www.youtube.com/watch?v=wZ8QuVidVS4