विद्यालयको रकम यार्सामा लगानी, ऋण लिएर भवन निर्माण गरिँदै

सरोज थापा

डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को ब्याजमा ऋण खोजेर भवन निर्माण गरिरहेको छ ।

मुड्केचुला गाउँपालिका–३ को नव ज्योति आधारभुत विद्यालय भवन निर्माणको ११ लाखको रकम बैँकबाट निकालेर यार्साको व्यापारमा लगानी गरिएको हो ।

शिक्षा विकास तथा समन्य ईकाइ डोल्पा र नव ज्योति आधारभुत विद्यालयबीच २ कोठे भवन निर्माणको लागि सम्झौता गरेको भवनको रकम अर्कै विद्यालयका प्रधानाध्यापकले निकालेर यार्सा व्यापार गरेको खुलासा भएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित  समुदायले चर्को ब्याजमा ऋण खोजेर विद्यालय भवन निर्माण गरिरहेको छ ।

 

विद्यालयको भवन निर्माण भइ रहेको र अन्य निर्माणका सामाग्रीहरु खरिद गर्न भवन निर्माण समितिका पदाधिकारी रुपैया निकाल्न भनि जिल्ला सदरमुकाम दुनैमा पुग्दा रकम अर्कै विद्यालयले निकालेको जानकारी पाएको निमार्ण समितिका अध्यक्ष पदम थापाले बताउनु भयो । उहाँका अनुसार समान खरिदको लागि आवश्यक रकम निकाल्न बैँकमा पुग्दा मुड्केचुला १ कै अर्को आधरभुत विद्यालयमा रकम जम्मा गरी प्रधानाध्यापकले यार्सा व्यापारमा लगाएको बताउनुभयो ।

‘शिक्षा विकास तथा समन्वय ईकाइको लापरवाही’

शिक्षा बिकास तथा समन्वय इकाई डोल्पाले जानाजान एक बिद्यालयको भवन निमार्णको रकम अर्को बिद्यालयको खातमा जम्मा गरिदिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष थापाले आरोप लगाउनु भयो । ‘त्यति ठूलो रकम कसरी अर्के बिद्यालयको खातमा जम्मा गरियो ?’ उहाँले भन्नुभयो, ‘एउटा विद्यालयको रकम कसरी अर्का विद्यालयका प्राधानाध्यापकले आफू खुशी निकाल्न मिल्यो, विद्यालयको यार्सा व्यापारमा लगानी गर्न मिल्छ ? ।

नव ज्योति आधारभुत विद्यालय रिडिङ्गकोे खाता नम्बर ०८७००१०१२६६०७७०००००१ मा जम्मा गर्नुपर्ने भवन निर्माणको ११ लाख २० हजार रकम नव ज्योती विद्यालय औलको खाता नम्बर ०८७००१०१२६६१०९०००००१ मा जम्मा गरी त्यही बिद्यालयका प्रधानाध्यापक तिलक खड्काले कसैलाई जानकारी नै नदिइ सुटुक्क यार्चा ब्यापारमा लगाएका हुन् ।

स्थानीय नरबहादुर थापाले आरोप लगाउनु भयाे । प्रधानाध्यापक खड्काले जिल्ला शिक्षा कार्यालयका कर्मचारीको मिलेमतोमा अर्को विद्यालयको रकम आफ्नो विद्यालयको खातामा खातामा जम्मा गरेको हुनसक्ने उहाँको अड्कल छ ।

यता शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख सिँहराज डाँगीले बिद्यालयको नाम एकै परेको र कार्यालयबाट केही प्राविधिक कुराको त्रुटि भएको स्वीकार गर्नुभयो । उहाँले भने पुरानो खातालाई नयाँ २० अंकको खातामा परिनत गर्ने क्रममा बिद्यालयको नाम एकै परेपछि त्यस्तो समस्या आएको जानकारी दिनु भयो ।

‘प्रधानाध्यापक खड्का ११ लाख लिएर सम्पर्क विहीन’

बिना शिर्षकको रकम बिद्यालयको खातामा जम्मा भएको ११ लाख रूपैयाँ निकालेका प्रधानाध्यापक तिलक खड्का अहिले सम्पर्क विहीन भएका छन् । यता भवन निर्माण उपभोक्ता समितिले ब्याजमा रकम जुटाएर भवन निर्माण गरिहेको छ ।

शिक्षाले रकम फरक बिद्यालयमा गएको थाहा पाएपछि खड्का सम्पर्कमा नआएको शिक्षा समन्वय प्रमुख डागीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब केही दिनभित्र सम्पर्कमा नआए प्रशासन मार्फत प्रहरी प्रयोग गरेर पक्राउ गर्छौ । रकम बिद्यालयको खातामा जसरी पनि जम्मा गराउँछौ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…