मुटुलाई क्षती पुर्‍याउने सूर्तिजन्य पदार्थ होईन, स्वास्थ्य रोजौं !

गङ्गाराज अर्याल

हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले मुटुलाई क्षती पुर्‍याउँछ, ,स्वास्थ्य रोजाैँ सूर्तिजन्य पदार्थ होईन”भन्ने नाराकासाथ विश्व सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस मनाईदै छ ।

सूर्तिजन्य पदार्थकोपरिचय : जुनसुकै धुँवा आउने, नआउने भएपनिसूर्तिवाट तयार गरिने पदार्थको सेवनलाई सूर्तिजन्य पदार्थको सेवन भनिन्छ । उदाहरणकालागि चुरोट, बिडी, सूर्तिका पात, तम्बाखु, खैनी, गुट्खा, जर्दा वा सूर्ति मिसिएको पानपराग सवै सूर्तिजन्य पदार्थमा पर्दछन् ।सूर्तिजन्य पदार्थमा कार्वन मोनोक्साईड, निकोटिन, टार, बेञ्जोपाईरिन, एमोनिया जस्ता ४ हजार भन्दा बढी रासायनिक तत्व हुन्छन् भने ४० जति क्यान्सर बेञ्जोपाईरिन लगायतका क्यान्सर उत्पन्न गर्ने रसायनले गर्दा क्यान्सर लागेर मृत्यु समेत गराउँछ । यस्ता सूर्तिजन्य पदार्थमा मिसाइने निकोटिन नामक तत्व एकपटक सेवन गरेपछि पुनः सेवन गर्ने लत वसाल्ने हुँदा तलतल लागिरहन्छ ।

पृष्ठभूमि : सूर्तिजन्य पदार्थको सेवनवाट विभिन्न स्वास्थ्य समस्या देखिने तथ्य सन् १९५० तिर पत्ता लागेको हो भने १९८८ तिर गरिएको अनुसन्धानको प्रतिवेदनले अमेरिका जस्ता विकशित मुलुकमा सूर्तिजन्य पदार्थको सेवनवाट उत्पन्न जटिल स्वस्थ्य समस्या उत्पन्न गरेकोप्रमाणित गरेको छ । ती मुलुकका करीव तीन चौथाई नागरिकले कुनै न कुनै रुपमा यस्ता पदार्थ सेवन गर्ने, एक चौथाई जतिमा लत नै वस्ने र एकचौथाई जति दुव्र्यसनमै पर्ने गरेको पाईएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वभरीका ५० लाख भन्दा बढी व्यक्तिले सूर्तिजन्य पदार्थको सेवन गर्दछन् भने सन् २०३० सम्ममा १ करोड भन्दा बढी सूर्ति सेवन गर्ने नागरिकको सूर्ति सेवनकै कारणले उत्पन्न स्वास्थ्य समस्यावाट मृत्यु हुने अनुमान गरिएको छ । त्यसरी सेवन गर्नेमध्ये ८५ प्रतिशत जति अल्पविकसित राष्ट्रका छन् । अमेरिकाली मुलुकमा सूर्तिजन्य पदार्थ सेवनकै कारणले वर्षेनी ५० हजार व्यक्तिको मृत्यु हुने गरेको छ भने नेपालका २५ हजार भन्दा बढी व्यक्तिको सूर्तिजन्य पदार्थ सेवनकै कारणले मृत्यु हुने गरेको छ भने नेपालका १५ वर्ष उमेर र सो माथीका ३७ प्रतिशत युवाले सूर्तिजन्य पदार्थको सेवन गर्ने र विश्वभरीमा नेपालका महिलाले बढी सूर्तिजन्य पदार्थको सेवन गरेको पाईएको छ ।
सूर्तिजन्य पदार्थ नियन्त्रणमा समस्या ःविशेषतया नेपालका ग्रामीणस्तरका मानिसहरु सूर्ति जन्य पदार्थका वारेमाअनभिज्ञ र एउटा अम्मल त सवैको हुनै पर्ने अवधारणा व्याप्त छ । जसको फलस्वरुप नेपालका २५ हजार भन्दा बढी व्यक्तिको सूर्तिजन्य पदार्थ सेवनकै कारणले उत्पन्न स्वास्थ्य समस्यावाट मृत्यु हुने गरेको छ भने१५ वर्ष र सो माथीका ३७ प्रतिशत युवाले सूर्तिजन्य पदार्थको सेवन गर्छन् भने विश्वभरीमा नेपालका महिलाले बढी सूर्तिजन्य पदार्थको सेवन गरेको पाईएको छ ।सूर्तिजन्य पदार्थको सेवन महामारीकोरुपमा देखिएको छ ।सूर्तिजन्य पदार्थ खुला बिक्री–वितरण रोक्नकालागि सरकारले २०६८ सालमै सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनको बलियो कानुन वनाएतापनि कानुन मिचेरै बिक्री–वितरण भैरहेको छ, शिक्षित र चेतनशील व्यक्तिहरु समेत सूर्तिजन्य पदार्थ सेवन गरिरहेका छन् ।सूर्तिजन्य पदार्थमा कार्वन मोनोक्साईड, निकोटिन, टार, बेञ्जोपाईरिन, एमोनिया जस्ता४ हजार भन्दा बढी रासायनिक पदार्थ र करीव ४० जति क्यान्सर बेञ्जोपाईरिन लगायतका क्यान्सर उत्पन्न गर्ने रसायनले गर्दाक्यान्सरलागेरमृत्यु समेत गराउँछ ।

स्वास्थ्य सेवा विभागको आ.व. २०७२/७३ को प्रतिवेदन अनुसार नेपालमा सरुवा रोग भन्दा नसर्ने रोगहरुको वाहुल्यता भएको रती रोग निम्त्याउर्नमा सूर्तिजन्य पदार्थको प्रमुख भूमिका रहेको रखासगरेर मुटुको रोग (कोरोनरी हर्ट डिजिज),क्यान्सर र मष्तिष्कघात (ब्रेन स्ट्रोक) गराउन प्रमुख भूमिका खेल्दछ भने यसले मुखदेखि लिएर घाँटी, श्वास–प्रश्वास सम्बन्धि फोक्सो (निमोनिया, ब्रोङ्काइटिस, दम),मुटुरोग, मृगौला, नसा सम्बन्धि गरी टाउकोदेखि पैतालासम्मका सवै अङ्गमा रोग तुल्याउँछ ।सूर्तिजन्य पदार्थमा हुने निकोटिनलेमहिलाको अरु अंगकासाथै पाठेघरकासाथैअरु अंगमा प्रत्यक्ष प्रतिकूल असर गर्छ भने गर्भमा रहेको भु्रणको समेत शारिरीक तथा मानसिक बृद्धि÷विकासमा अवरोध आई तौलकम भएको शिशुजन्मने, जन्मेपछि सम्पूर्ण बृद्धि/बिकासमा अवरोध र स्वास्थ्य समस्या उत्पन्न हुन्छन् । सूर्तिजन्य पदार्थ सेवन गर्ने परिवारको १० % भन्दा बढी खर्च सूर्र्तिसेवनका कारणले लाग्ने रोगको उपचारकालागि हुने र यसवाट विश्वको आर्थिक अवस्थामा समेत नकारात्मक असर पारेको छ ।

सूर्तिजन्य पदार्थ बिरुद्धका प्रयाष : सूर्तिजन्य पदार्थ सेवनका कारणवाट उत्पन्न हुने स्वास्थ्य समस्या तथा मृत्यु हुनवाट वचाई नागरिकको स्वास्थ्य स्तरमा सुधार गर्नविश्व स्वास्थ्य संघठनको २०३० सम्ममा सूर्तिजन्य पदार्थनियन्त्रण गर्ने रणनीति (WHO Convention on Tobacco Control Strategy-2030) को नेपाल सदस्य राष्ट्र समेत भएको छ । यसै रणनीतिको कार्यान्वयन स्वरुप सरकारले २०६८ बैशाखमा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा नियमावली लागु गरेको हो । सूर्तिजन्य पदार्थको बिक्रीवितरण नियन्त्रणकालागि बलियो कानुनकालागि अन्तरराष्ट्रिय स्तरमा नेपाल पुरष्किृत भएको छ ,जसमा सूर्तिजन्य पदार्थको बट्टा,प्याकेट, पेटी वा पार्सलमा ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देशयुक्त चित्र अंकित गर्नुपर्ने, १८ वर्षभन्दा कम उमेरका, गर्भवतीले खरीद गर्न नपाउने, २० खिल्लीभन्दा कमको प्याकेट वनाउन नपाउने र १ खिल्लीमात्र बिक्री गर्न नपाउने,जनचेतना अभिबृद्धि गर्न र नियमन गर्न सूर्तिजन्य पदार्थको सेवनका कारणले फोक्सो, मुख र मष्तिष्कको क्यान्सरवाटमृत्यु भएका थाईलैण्ड, सिंगापुर र फिपिन्सवाट मृत व्यक्तिको तश्बीर ल्याई सूर्तिवाट निर्मित प्याकेट, बट्टा र कार्टुनमा छाप्नुपर्ने निर्देशन दिईएको छ । सार्वजनिक स्थानमा कुनै पनि प्रकारका सूर्तिजन्य पदार्थ बिक्रीमात्र होईन, सेवन समेत गर्न नपाईने रसूर्तिजन्य पदार्थ उपहार दिन नपाउने कानुन जारी गरेको छ । हरेक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सूर्तिजन्य पदार्थ यिन्त्रण र नियमन सम्बन्धि कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ ।तर प्रभावकारी किसिमले कार्यान्वयन हुन सकेको छैन ।

नियन्त्रणका उपायः सूर्तिजन्य पदार्थको नियन्त्रणमा सेवन गर्नवाट बच्न र यस्ता पदार्थ छोड्न निम्न लिखित उपायहरु अपनाउनु पर्दछ ः
१.नीति/नियम पालनामा अनुगमन : सूर्तिजन्य पदार्थ सेवन नियन्त्रण तथा नियमन गर्न सरकारले २०६८ बैशाख मा जारी गरेका ऐन तथा नियामावलीको पालना भए/नभएको अनुगमन गरी कार्यान्वयन तर्फ कार्यवाही गर्नु पर्दछ ।

२.नागरिकको सुरक्षा : सूर्तिजन्य पदार्थका प्रतिकूल असरका वारेमा व्यापकरुपमा जनचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछिअमेरिकाली मुलुकमा सूर्तिजन्य पदार्थ सेवनकर्ताको संख्या र स्वास्थ्य समस्या स्वात्तै घटेको थियो ।त्यसैलेहरेक व्यक्ति, सूर्ति सेवनकर्ता समेतलाई टोल–टोलमा समुदाय/वडास्तरदेखि गाउँपालिका, जिल्लास्तर तथा महानगरपालिका स्तरसम्म सूर्तिजन्य पदार्थवारे चेतनामूलक स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार शामग्री,स्टिकर, सडक नाटकआदिचेतनामूलकसन्देश प्रचार/प्रसार गर्नु पर्छ । विद्यालयस्तरसम्म यसको नियन्त्रण ऐन/नियम सम्बन्धि व्यापक चेतना मूलक सन्देशकासाथै अभिमूखिकरण गर्नु पर्दछ । यसवाट नागरिकको ज्ञान, धारणा र वानीमा परिवर्तन ल्याई सूर्तिजन्य पदार्थ सेवन गर्न शुरु नगर्ने र सेवन गर्दै आएका भए आजैदेखि सूर्तिजन्य पदार्थ सेवन गर्न छोड्न सक्छन् ।

३.सूर्तिजन्य पदार्थ सेवन छोड्न सघाउ :
प्रतिबद्धता  : सूर्तिजन्य पदार्थवाट उत्पन्न हुने श्वास–प्रश्वास देखि दम, क्षयरोग, मुटु, कलेजो, मृगौला र क्यान्सर जस्ता रोग लाग्दछन,जस्को उपचार गर्दाधेरै्र महंगो, दुःख र तनाव हुन्छ भने यस्ता रोग प्राणघातक पनि हुन्छन् । त्यसकारण सूर्तिजन्य पदार्थ का प्रतिकूल असरवारे जानकारी लिई सचेत र जागरुक भई सेवन गर्न शुरु नगर्नेले गर्दैै नगर्ने, भर्खर सिक्न लागेको भए सल्काउनु वा खोल्नु अगाडि एकपटक चेतनामूलक सन्देशहरु अध्ययन गर्नु अत्यन्त राम्रो हुन्छ ।

उपभोग दर घटाउने : सूर्तिजन्य पदार्थ सेवनकर्तालेआजैदेखि दिनमा सेवन गर्ने खिल्ली वा प्याकेट वा बट्टा घटाउनु पर्छ । यसोगर्दा उपभोग दर क्रमशः थाहा नपाई घटिरहेको हुन्छ । अठोटकासाथ सूर्तिजन्य पदार्थको प्याकेट, बट्टा खोल्नुभन्दा पहिले तीनमा अङ्कित सन्देश र तश्बीर राम्ररी हेरेमाछोड्न सजिलो हुन्छ ।

स्वस्थ्य वातावरण कायम राख्ने : सूर्तिजन्य पदार्थ सेवनवाट टाढा रहन हलुका व्यायाम, खेलकूद, अध्ययनतिर ध्यान केन्द्रित गर्नु पर्दछ । यसो गर्दा आफू निरोगी हुने र सूर्तिजन्य पदार्थ छोड्न पनि सजिलैसकिन्छ ।

उपचार : सूर्तिजन्य पदार्थ सेवनवाट उम्कन नसक्ने गरी दुव्र्यसनमा फस्ने ठूलो डर हुन्छ । यदि दुव्र्यसनमा फसिसकेको भए ढीलो नगरीकन यसको उपचारमा लाग्नु पर्दछ । यसो गर्दा लत लागेको भए दुव्र्यसनीको उपचार भई आत्महत्या वा दीर्घरोगको सिकार वा आत्महत्यावाट बँच्न सकिन्छ । त्यसकारण सूर्तिजन्य पदार्थको लत/दुव्र्यसनको उपचारकालागि समयमै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राखी हाल्नु पर्दछ ।

४. चेतावनी : सूर्तिजन्य पदार्थको सेवनका कारणले धेरै किसिमका सरुवा तथा नसर्ने ज्यानमारा रोग लाग्न सक्ने चेतावनीकालागि थाईलैण्ड, सिंगापुर, फिलिपिन्समा फोक्सो, मुख र मष्तिष्कको क्यान्सर भई मृत्यु भएका व्यक्तिको खास तश्बीर ल्याई सूर्तिजन्य पदार्थका प्याकेट, बट्टा र कार्टुनमा छाप्नुपर्ने व्यवस्था गरिएको छ । आम नागरिकलाई सूर्तिजन्य पदार्थको सेवन छाडिदिन र सेवन गरिरहेमा यसवाट विभिन्न ज्यानैजाने सरुवा र नसर्ने रोग समेत उत्पन्न गराउने चेतावनी मूलक सन्देश फैलाउन सरकारले ‘सूर्तिजन्य पदार्थ स्वास्थ्यकालागि हानीकारक’ जस्ता सन्देश छाप्न उत्पादनकर्तालाई निर्देशन दिएको छ ।सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ सेवन गरेमा चेतावनी स्वरुप शुरुमा रु.१००।–देखि रु.५०,०००।–सम्म जरिवाना गर्न हरेक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सूर्तिजन्य पदार्थ यिन्त्रण र नियमन सम्बन्धि कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ ।

५.सूर्तिजन्य पदार्थ सेवन विरुद्ध प्रवर्धन : सूर्तिजन्य पदार्थ सेवन नियन्त्रण सम्बन्धि समुदाय÷ वडास्तरदेखि गाउँपालिका, जिल्लास्तर तथा महानगरपालिकास्तरसम्म जनचेतनामूलक सन्देशकासाथै यसको नियन्त्रण सम्बन्धि ऐन÷नियम सम्बन्धि व्यापक अभिमूखिकरण गर्नु पर्दछ । यसो गरेमा नागरिकको ज्ञान, धारणा र वानीमा परिवर्तन ल्याई सूर्तिजन्य पदार्थ सेवन गर्न शुरु नगर्ने र सेवन गर्दै आएका भए आजैदेखि सूर्तिजन्य पदार्थ सेवन गर्न छोड्न सघाउ पुग्दछ भनेसार्वजनिक स्थानमा कुनै पनि प्रकारका सूर्तिजन्य पदार्थ बिक्री, सेवन समेत गर्न नपाईने रसूर्तिजन्य पदार्थ उपहार दिन नपाउने, कुनैपनि सञ्चार माध्यममा विज्ञापन, प्रबर्धन गर्न नपाईने कानुन जारी गरेको छ, । यस्ता कानुनको पालनामा जोड दिएमा सूर्तिजन्य पदार्थ सेवनमा नियन्त्रण हुन सक्छ ।

६.करबृद्धि : सूर्ति जन्य पदार्थ सेवनकर्तालाई छुटाउने उपायमध्ये करबृद्धि एक हो । तरदक्षिण एशियाली सहयोग संगठन (सार्क)मुलुकमध्ये नेपालमा सूर्तिजन्य पदार्थमा जम्मा २८ प्रतिशत मात्र कर लगाईएको छ,। थोरै कर लगाउँदा यसको उत्पादन लागत समेत सस्तो हुन्छ र सेवनकर्तालाई प्रोत्साहन हुन्छ । त्यसैलेसूर्तिजन्य पदार्थमा कर २८ प्रतिशतवाट बढाएर कम्तीमा ७० प्रतिशत गराउनु पर्दछ । त्यसो गर्दा सूर्तिजन्य पदार्थ महंगो भर्ई सेवनकर्ता निरुत्साहित हुन्छन् ।

(लेखक अर्याल स्वास्थ्य सेवामा ४० वर्ष सेवागरी निर्देशकवाट सेवा निबृत्त )

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…