‘लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई

काठमाडौं । लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ ।

नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पुर्याए वापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिनुभयो ।

पुरस्कारको राशि २५ हजार र ताम्रपत्र छ । पुरस्कार असार १५ गते सो सम्मान प्रदान गरिनेछ । नेपाली साहित्यमा नियात्रामा राम्रो वर्णन गर्नुहुने शर्मा वरिष्ठ नियात्राकारका रुपमा स्थापित हुनुहुन्छ । उहाँ अंग्रेजी विषयका प्राध्यापक हुनुहुन्छ ।

१९७८ सालमा जन्मनुभएका लीलाध्वज थापाले २०१४ मा मन उपन्यासबाट मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

उहाँका ‘शान्ति, पूर्व स्मृति, अमर माया नाटक, ‘दारी’ निबन्ध चर्चित छन् । थापाको २०४१ सालमा निधन भएपछि उहाँको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले साहित्यिक गतिविधि तथा स्रष्टालाई सम्मान गर्दै आएको छ ।

गत वर्ष वाङ्मय शताब्दी पुरस्कार सत्यमोहन जोशी सम्मानित हुनुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…