दुर्गममा स्वास्थ्य चौकी निर्माण

बाजुरा  ।  बाजुराको गौमुल गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीको भवन विस्तार गरी प्रसूति गृह निर्माण गरिएको छ ।

विकट क्षेत्रका स्थानीयवासीले सहज रूपमा सेवा पाउन घण्टौँ हिँड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाको अगुवाइमा स्वास्थ्य चौकी निर्माण गरिएको बताइएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा उक्त स्वास्थ्य चौकीको ६ कोठे भवनको निर्माण सम्पन्न भएको स्थानीयवासी गोरख बोहराले बताउनुभयो ।

स्वास्थ्य भवन निर्माणका लागि आर्थिक वर्ष २०७४-७५ मा रु २० लाख ५८ हजार गाउँपालिकाले सहयोग रहेको थियो भने स्थानीयवासीको पाँच लाख जनश्रमदान गरी रु २५ लाख ५८ हजारको लागतमा निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष मदनबहादुर रोकायाले जानकारी दिनुभएको छ ।

भवन निर्माणसँगै स्थानीय २५६ परिवार लाभान्वित हुने भएका छन् । घण्टाैँ हिँडेर प्रसूति सेवा लिन बाध्य स्थानीयवासीलाई वडामा सेवा सञ्चालनहुँदा सहज हुने गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…