कलाकार परिवर्तन हुन सक्नुपर्छ : गायक हिमाल सागर (भिडियाे अन्तरवार्ता)

काठमाडाैँ । गायक हिमाल सागरले संगीतकाे बजारमा निरन्तर टिकिरहन स्राेता दर्शककाे चाहना अनुसार परिर्तन हुँदै जानु अावस्यक रहेकाे बताएका छन् । जनता टेलिभिजनकाे कार्यक्रम सन्दर्भमा शाेभा त्रिपाठीसँग कुराकानी गर्दै उनले भने, ‘एकै प्रकारकाे गीत बजारमा बिग्दैन, परिवर्तन हुनु अावस्यक छ, पछिल्लाे समय लाेक फ्युजनका गीतहरू तिम्राे चाेलीकाे तुनामा बाँधि राखन राम्राे भएकाे छ चेन्ज चाहिएकाे छ किन भने सधैभरी दाल र भात पनि मन पर्दैन ।”

कलाकारहरू समयानुकुल बदलिन नसकेकै कारण संगीत क्षेत्रमा लागेका अधिकांश पलायन हुन बाध्य भएकाे उनकाे भनार्इ छ । सबैकुरा एकैपटक जानिदैन, गर्दै सिक्दै जाने हाे, उनले भने ‘नयाँ प्रस्तुति दिन सक्ने हाे भने संगीतमा टिक्न सकिन्छ ।’

संगीतकाे बजार बलेकाे अागाे ताप्ने ठाउँ हाे, यहाँ अाफू अडिन नसक्ने संघर्ष गर्न नसक्ने हाे भने कसैले उठाउँदैन अाफू बलियाे हुन नसक्ने हाे भने अरूले झन कमजाेर बनाउन खाेज्छन् । उनले भने भने दर्शककाे राेजाइ चाहना अनुसार गीत ल्याउनुपर्छ समय धेरै परिवर्तन भइसकेकाे छ । समय पहिलाे जस्ताे छैन, पछिल्लाे १०/१२ वर्षकाे समयमा निकै धेरै परिवर्तन अाएकाे छ । फेसबुक युट्युव जस्ता प्रविधि अाएका छन् ।

पहिलेकाे जस्ताे संघर्ष र मेहनत गर्नु नपर्ने उनले अनुभव सुनाए, ‘प्रविधि अहिले धेरै कुरा सजिलाे बनाएकाे छ, अाज भिडियाे अपलाेडकाे गर्याे अाजकाे अाजै संसारभर पुग्छ । पहिले बिदेश पुग्न निकै समय लाग्थ्याे ।’

उनले कभर गीत गाउनेहरूलार्इ अाेरिजिनल गीत गाउने कलाकारहरूकाे सम्मान गरिनदिन अाग्रह समेत गरेका छन् । गीत तयार गर्न संगीत भर्न निकै मेहनत गर्नपर्ने भएकाले उसकाे मेहनत र लगनलार्इ कभर गीत गाउनेहरूले भुल्न नहुने उनकाे भनाइ छ । पछिल्लाे समय कभर गीत गाउने लहर नै चलिरहेकाे बेला खास कलाकार गायक संगीतकारकाे नाम नलिइनु दुखद भएकाे उनले बताए ।

हेर्नुहाेस् पूरा भिडियाे अन्तरवार्ता –

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…