श्रवण थापा
सर्लाही । सर्लाहीको बागमतीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ ।
सोमवार साझ घरमै खेलिरहेको अवस्थामा बिषालु सर्पले डसेर सिन्धुलीको बखवर घर भै सर्लाहीको बागमती १२ काजिराम टोलमा आफन्तकोमा पढ्न बसेकी बिमल माझीकी १२ बर्षिया छोरी दिक्षा माझीको मृत्यु भएको हो ।
सर्पले खुट्टाको आँैलामा टोकेर बिमारी भएकी बालिकालाई आफन्तले तत्काल नवलपुर स्थित सर्पदंश उपचार केन्द्र पुर्याएका थिए । ‘हामीले सर्पले टोकेको लगभग २५ मिनेट भित्र अस्पताल पुर्याएउ’ । मृतक बालिकाको बुबाले भने, ‘अस्पताल पुग्दा सम्म छोरी बोल्दै थिईन । ठिक हुन्छ भन्ने ठुलो आशा थियो तर भएन’ ।
नवलपुर स्थित सर्पदशं उपचार केन्द्रले केहीबेर राखेर बालिकाको उपचार हुन नसक्ने भएको बिरगजं रेफर गरेको थियो । बिरगजं तर्फ लैजादै गर्दा बालिकाको बाटैमा मृत्यु गएको पारिवारीक श्रोतले जनाएका छन् । बालिका सर्लाहीको बागमती –१२ कर्मैयामा रहेको एलिट बोडीङ स्कुलमा १ कक्षामा अध्यनरत थिईन ।
यस्तै नवलपुर स्थित सर्पदशं उपचार केन्द्रले सामान्य बिमारीमात्रै भर्ना लिने गरेको उपचारका लागी आउने सेवाग्राहीको गुनासो छ । बिमारीलाई तत्काल अस्पताल पुर्याए बाच्ने बताईए पनि बोल्दा बोल्दैको बिमारी समेत नलिने गरेको उनिहरुकोे आरोप छ । बिमारी र आफन्त आत्तिने र केन्द्रका प्रविधिकलाई दवाब दीने गर्दा केन्द्रले ठुलो चुनौती नलिने र अन्तै रिफर गरिदिने गरेको स्थानीयको बुझाई छ ।
यसैवीच नवलपुर सर्पदशं उपचार केन्द्रले आधुनिक उपकरणको अभावले जटिलभै सकेका बिमारीको उपचार गर्न नसकेको केन्द्रका अध्यक्ष बोधराज काफ्लेले बताए । ‘सर्पको डशाईबाट शरिरमा बिष प्रबाह भैसकेको अवस्थामा उपचारकोलागी भेन्टीलेटर, आइसियू र प्राविधिक आवश्यक पर्छ’ । अध्यक्ष काफ्लेले भने, ‘उक्त प्रविधि र प्राविधिक महंगो छ, हामीले चाहेर पनि ब्यवस्थापन गर्न सकेका छैनौ’ ।