यी हुन् यसपटक विश्वकप फुटवल खेल्ने सबैभन्दा बुढा खेलाडी

काठमाडौँ । बिहिबारदेखि शुरु हुने विश्वकप फुटवलको रौनक विश्वभर छाएको छ । बिभिन्न कोणबाट खेल, खेलाडी तथा सहभागि राष्ट्रहरुको ब्याखा बिश्लेषण भइरहेको छ । यहाँ हामीले यसपटक विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडिहरुको बारेमा चर्चा गरेका छौँ ।

१) ईसाम इ हाड्रेय – गोलकिपर

इजिप्ट राष्ट्रिय टोलिका गोलकिपर ईसाम इ हाड्रेय सबैभन्दा बढी उमेरका खेलाडि हुन् । बुढेशकालले छोइसकेका उनमा जोश जाँगर भने नवजवान युवा खेलाडिमा भन्दा कम छैन । विश्वकप फुटवल शुरु हुने दिन जुन १४ तारिकमा उनको उमेर ४५ वर्ष ४ महिना ३० दिनको हुनेछ । उनको खेललाई विश्वभर निकै चासोका साथ हेरिएको छ ।

२) राफेल मार्कुज


मेक्सिकोका डिफेन्डर राफेल मार्कुज यसपटक विश्वकप फुटवलको रसिया महासंग्राम मैदानमा उत्रिने बढी उमेरका दोस्रा खेलाडि हुन् । उनको उमेरले पनि अब आधाआधि समय काटिसकेको छ । नवजवान युवाहरुको साथमा डिफेन्स खेल्न मैदान उत्रिँदै गरेका मार्कुजको उमेर जुन १४ मा ३९ वर्ष ४ महिना १ दिन हुनेछ ।

३) सर्गेइ इग्नासबीच


रसियाका मुख्य डिफेन्डर सर्गेइ इग्नासबीचको उमेर ३९ वर्ष भयो । उनी पनि सबैभन्दा बढी उमेरका खेलाडि मध्यका एक हुन् । संयोगबस विश्वकप फुटवलको महासंग्राम शुरु हुँदा जुन १४ तारिकमा सर्गेइले जन्मदिन समेत मनाउँदै छन् ।

४) टीम काहिल


अष्ट्रेलियन मिडफिल्डर टीम चाहिल पनि यसपटक विश्वकप फुटवल खेल्ने बढी उमेरका खेलाडि हुन् । उनको उमेर ३८ वर्ष ६ महिना ८ दिनको भयो ।

५) जेसस् कोरोना


मेक्सिकन गोलकिपरको उमेर जुन १४ तारिकमा ३७ वर्ष ४ महिना १९ दिनको पुग्दैछ । कोरोना पनि रसियामा बिहिबार देखि शुरु हुने फिफा वल्र्डकप फुटवल प्रतियोगितामा मैदान उत्रिने बुढा खेलाडी मध्यकै एक हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…