विश्वकप फुटवलमा हार्नेलार्इ पनि पुरस्कार, हेर्नुस्-कसले कति पाउँछ ?

काठमाडाैँ । फिफाले विश्वकप फुटवलकाे पुरस्कार राशी बढाएकाे छ ।  फिफाले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा भन्दा यसपटक समूह चरण बाहेक अन्य सबै तहकाे पुरस्कार राशी बढाएकाे हाे । गत संस्करणकाे बिजेता जर्मनीले ३ करोड ५० लाख डलर पुरस्कार पाएकाे थियाे । फिफाकाे अाधिकारिक वेवसाइटमा जनाइए अनुसार रसियामा हुन गइरहेकाे विश्वकप विजेता टाेलीले ३ करोड ८० लाख डलर पाउने छ । गतसंस्करणमा भन्दा यसपटक फिफाले ३० लाख अमेरिकी डलर बढाएकाे हाे । त्यस्तै प्रतियाेगितामा  दोस्रो हुनेको पुरस्कार रकम पनि ३० लाख डलर नै बढाइएको छ ।

रसिया विश्वकपको समग्र बजेट ७९ करोड १० लाख डलर रहेको छ । पुरस्कारमा मात्रै  ४० करोड अमेरिकी डलर तोकिएको छ।

कसले कति पाउँछ पुरस्कार ?

फिफाकाअनुसार समूह चरण खेलेर बाहिरिने १६ टोलीले बराबर ८० लाख डलर पुरस्कार पाउनेछन् ।  याे चरणबाट १६ वटा टाेली अन्तिम १६ मा पुग्नेछन् । अन्तिम १६ बाट ८ वटा टोली क्वाटरफाइनलमा पुग्नेछन्, ८ वटा बाहिरिनेछन् । यो चरणबाट बाहिरिने ८ टोलीले प्रतिटोली १ करोड २० लाख डलरका दरले पुरस्कार पाउने फिफाले जनाएकाे छ । क्वाटर फाइनलबाट ४ टोली सेमिफाइनलमा पुग्नेछन्, ४ बाहिरिनेछन्।  यो चरणबाट बाहिरने टोलीले प्रतिटोली १ करोड ६० लाख डलर पुरस्कार पाउनेछन् ।

यस्तै चौथो हुने टोलीले २ करोड २० लाख अमेरिकी डलर पाउनेछ । तेस्रो हुनेले २ करोड ४० लाख डलर पुरस्कार हात पार्ने छ । भने उपबिजेता टाेलीले २ करोड ८० लाख पुरस्कार पाउने छ । याे वर्षकाे विश्व च्याम्पियन हुने टोलीले ३ करोड ८० लाख अमेरिकी डलर सहित १८ क्यारेट सुनको ट्रफी प्राप्त गर्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…