देउवालाई उल्काको दशा, यस्तो छ कुण्डली

 काठमाडाैं । आज जुन १३ मा जन्मदिन परेका व्यक्तिहरुमा नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा रहेकाछन् । इस्वीसंवतअनुसार जुन १३, १९४६ मा उनको जन्म भएको हो ।

उनको कुण्डलीमा हाल भ्रामरी र उल्काको दशा चलिरहेको छ । त्यसैगरी हाल उनको कुण्डलीमा विंशोत्तिरी दशा अनुसार राहुको महादशामा राहुकै अन्तर्दशा चलिरहेको छ । यो २०७६ सालको असारसम्म उनलाई राजनीतिक क्षेत्रमा निकै सङ्कट रहने देखिन्छ । यो समयमा देउवाले जहाँ हातहाले त्यहाँ असफलतामात्र पाउँछन् ।

वान कि मून

आज जन्म दिन परेकामा संयुक्तराष्ट्र सङ्घका पूर्वमहासचिव वान कि मून रहेका छन् । उनको जन्म सन् १९४४ जुन १३ मा भएको थियो । उनी उत्तरकोरियाका राजनीतिज्ञ पनि रहेका छन् ।

डब्लु. बी. एट्स

आज जन्म दिन परेका व्यक्तिहरुमा फ्रान्सेली कवि डब्लु. बी. एट्स रहेका छन् । उनको जन्म सन् १८६५ जुन १३ मा भएको हो । उनी अङ्ग्रेजी साहित्यका निकै प्रभावशाली कवि रहेका छन् ।

जोन फोर्वस नाश जार.

आज जन्मदिन परेका अर्का व्यक्तिमा अमेरिकी गणितज्ञ जोन फोर्वस नाश जार. पनि रहेका छन् । उनको जन्म सन् १९२८ जनु १३ मा भएको थियो ।

केइसुकी होण्डा

आज जन्मदिन परेका व्यक्तिमा केइसुकी होण्डा पनि रहेका छन् । उनी जापानका फुटबल खेलाडी हुन् । उनको जन्म सन् १९८६ जुन १३ मा भएको थियो ।

काट डेन्निङ्स

आजका जन्मदिन पर्ने अर्का व्यक्तिमा अमेरिकी कलाकार काट डेन्निङ्स पनि रहेका छन् । उनी अमेरिकाका चलचित्रका अभिनेता रहेका छन् । उनको जन्म १९८६ जुन १३ मा बेलायतमा भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…