सुजाताको स्वरमा ‘चिमुसीचि’को टाइटल गीत सार्वजनिक

‘चिमुसीचि’को टाइटल गीत सार्वजनिक भएको छ। गीतमा नेपाल आईडलकी टप ५ मा पर्न सफल प्रतिष्पर्धी सुजाता पाण्डेको स्वर छ। नेपाल आईडलमा पाश्र्व गायनमा स्वर बढि लागि फिट भएको भनि प्रशंसा पाएकी पाण्डेको अफिसियल सार्वजनिक भएको यो दोस्रो गीत हो ।

गीतको भिडियोमा नम्रता सापकोटाको आकर्षक नृत्य देख्न सकिन्छ। गीतमा सन्तोष पोखरेलको शब्द तथा करण राज कार्कीको संगीत छ भने गीतमा विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् । सुजाताले आफ्नो फेसबुक मार्फत् पाश्र्व गायनमा साथ दिन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेकी छिन्।

चलचित्रमा नव नायक सुनिल क्षेत्री र नव नायिका अलिसा शर्माको मुख्य अभिनय रहेको छ। जो भारतको पपुलर रियालिटी टिभी सो स्प्लिट्सभिल्लाकी प्रतिष्पर्धी समेत रहिसकेकी छिन् । चलचित्रमा कथा तथा पटकथा दिनेश श्रेष्ठको रहेको छ भने निर्देशक समेत श्रेष्ठकै छ। चलचित्रमा सुनिल क्षेत्री, अलिसा शर्मालाई शुसान्त कार्की, शशांक बश्याल, शेखर सुवेदी तथा शिवराज कार्कीले समेत अभिनयमा साथ दिएका छन् ।

चलचित्रको छायाँकन बासु न्यौपाने तथा सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्। चलचित्रमा अरुण गुरुङ, महेश्वर खत्री, सुवाष भुर्तेल र डब बहादुर गुरुङको संयुक्त लगानी रहेको छ। चलचित्र ‘चिमुसीचि’को प्रदर्शन मिति साउन ११ गतेका लागि तय गरिएको छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…