नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छः डा भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको बुधबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरेका छौँ, हाम्रै जीवनकालमा नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ ।”

भ्रष्टाचारमा लिप्त भएका नेताले मुलुकमा आर्थिक परिवर्तन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले सत्ता स्वार्थका लागि आदर्श बदल्न नहुने र जनता गरीब भएर नेता धनी हुनुको अर्थ नहुने बताउनुभयो ।

पूँजीवाद र साम्यवादको अभ्यास पूरानो भइसकेको हुँदा आफ्नो पार्टीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट समाजवादको आदर्शलाई अवलम्बन गर्ने जानकारी गराउँदै उहाँले निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेकाले आगामी दिनमा देशभर संगठन सुदृढीकरणका कार्यक्रम गरिने बताउनुभयो ।

पार्टीका नेताहरु डा केशवमान शाक्य, रामरिजन यादव, गंगा श्रेष्ठलगायतले गठबन्धनको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै महँगी, भ्रष्टाचारविरुद्ध देशभर सशक्त अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…