गर्मीले पोखरीको माछा सखाप, किसान चिन्तित

हरि अधिकारी

कपिलवस्तु । कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० को ठूलो गलहाका एक किसानको लाखौका माछा मरेका छन् । अत्याधिक गर्मीका कारण किसान मदन यादवको ५० लाख बढीको माछा मरेका हुन् ।

४४ कठ्ठा क्षेत्रफलमा रहेका २ वटा पोखरीमा यादवले माछा पालन गर्नुभएको थियो । बजारमा विक्रीका लागि तयार गरिएको माछा एकाएक मरेपछि मदन यादव चिन्तित हुनुभएको छ । यादवले गत वर्ष मात्र ४४ कठ्ठा जग्गामा व्यवसायिक माछापालन थाल्नुभएको थियो ।

मरेका माछा मांगुर जातका छन् । लाखौँका माछा मरेपछि किसान यादवले स्थानीय जनप्रतिनिधि गुहार्न थाल्नुभएको छ । माछा पालन व्यवसाय गरेर राम्रो आम्दानी गर्ने लक्ष्य लिएका यादवको एकाएक माछा मरेपछि वाणगंगा नगरपालिकाका मेयर, उपमेयर र वडा अध्यक्ष सामु गुहार माग्नुभएको छ । जसमध्ये ८६ हजार माछा राखिएको पोखरीका ९६ प्रतिशत माछा मरेको यादवले बताउनुभयो ।

नगरपालिकाका कृषि शाखा प्रमुख धनिराम आचार्य लगायतको एक टोली यादवको माछापोखरी बुधबार निरीक्षण गरेको छ । गर्मीको कारण माछा मरेको हुन सक्ने कृषि प्राविधिकको भनाई छ । कृषि प्रमुख आचार्यसहितको टोलीले चिन्तामा रहेका यादवलाई सहयोगको लागि सम्बन्धित ठाउँमा जानकारी दिने आश्वासन दिएका छन ।

यता नगरका उपमेयर चक्रपाणी अर्यालले यादवलाई सहयोगको लागि प्रदेश र केन्द्र सरकारसंग समन्वय गर्ने बताउनुभयो । पोखरीका माछा मरेपछि गाउँ नजिक दुर्गन्ध फैलिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…