नीति तथा योजना आयोगका उपाधयक्ष र सदस्यले लिए सपथ

हेटौंडा । तीन नम्बर प्रदेश सरकारले नियुक्त गरेको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यको सपथ ग्रहण भएको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा डाक्टर खिमलाल देवकोटाले आयोगको उपाध्यक्ष र श्याम बस्नेतले सदस्य पदको सपथ लिएका हुन् । डा. देवकोटा र बस्नेतलाई आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री डोरमणी पौडेलले सपथ गराउनुभएको हो । सपथ ग्रहण पश्चात आयोगका उपाध्यक्ष डा. देवकोटाले मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय भित्रै पदभार सम्हाल्नुभएको छ ।

पदभार ग्रहण गर्दै डा. देवकोटाले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको अवधारणालाई सफल बनाउने किसिमका नीति तथा योजना निर्माणमा सहयोग पु¥याउने बताउनुभयो । केन्द्रिय राजधानी समेत समावेश भएको ३ नम्बर प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्न, नीति तथा कानुन निर्माण गर्न अबसर संगै चुनौती भएको बताउँदै एक बर्षभित्र देखिने खालको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मँगलबार बसेको मन्त्रीपरिषदको बैठकले डाक्टर देवकोटालाई आयोगको उपाध्यक्ष तथा श्याम बस्नेतलाई सदस्यमा नियुक्त गरेको हो । विकास अर्थशास्त्रमा विधावारिधी गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् ।

संघीयता विज्ञ डाक्टर देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधी गरेका छन । स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भई कार्य गरेका डा देवकोटा प्रधानमंत्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकार भई कार्य गरिसकेका छन ।

काठमाडौ विश्वविद्यालयमा समेत प्राध्यापन गरेका देवकोटा संघीयता र विकास लगायतका विषयमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरुलाई वेला वेलामा प्रशिक्षण समेत दिने गरेका छन । यस्तै सदस्यमा नियुक्त बस्नेत प्राकृतिक स्रोत ब्यवस्थापन तथा परिचालनको विषयमा विज्ञ हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…