समयमै काम नगर्ने एक ठेकेदार पक्राउ

काभ्रे । समयमै काम नगर्ने एक ठेकेदार पक्राउ गरिएको छ । जिल्ला बन कार्यालय अन्र्तगत इलाका बन कार्यालय चौबासको नयाँ भवन बनाउने टेन्डर पाएको अग्रिम निर्माण सेवा कम्पनीको प्रोपाइटर लाल प्रसाद चौलागाइलाई बुधबार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रबिराज खडकाले बताए ।

२०७३ बैशाखदेखि काम सुरु गरिएको २०७४ बैशाखमा सम्पन्न गर्नु पर्ने काम ढिला सुस्ती गरेको कारण थप अनुसन्धनको लागि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रबिराज खडकाले बताए । ४३ लाख रुपैयामा टेन्डरभएको उक्त भवन निर्माण गर्नु पर्ने समयमै हुन नसकेको जिल्ला बन कार्यलय प्रमुख पे्रम खनालले बताए ।

धेरै पटक निर्माण ब्यवसायी संग सम्पर्क गर्दा सम्पर्कमा नआएर काम ढिला सुस्ती गरिएको प्रेम खनालले बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…