मेषयो महिना रामै्र रहनेछ । मनमा विभिन्न चिन्ता तथा विचारको उतारचढाव भइरहनेछ । स्वास्थ्यका दृष्टिकोणले यो महिना राम्रै रहने भए पनि महिनाको उत्तरराद्र्धमा स्वास्थ्य उपचारमा भने खर्च बढ्ने देखिन्छ । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । घुमघाम र भ्रमणमा अधिकतम समय बित्नेछ । ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । शुभ समाचार प्राप्त हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट केही लाभ प्राप्त हुने सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । झैझगडा र झंझटबाट टाढा रहने प्रयत्न गर्नु राम्रो हुन्छ ।बृषयो महिना त्यति अनुकूल नरहला । यो महिना आर्थिक समस्या केही बढेर जानेछन् । भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च हुनेछ । सानातिना रोगव्याधिको प्रकोप सहनु पर्ने हुन सक्छ । दाम्पत्य र प्रणय सम्बन्धमा निरसता अपनाउनु राम्रो हुनेछ । प्रतिस्पर्धी र प्रतिद्वन्द्वीले हानि पुर्याउने प्रयास गर्नेछन् । परिवारजनको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित हुनु पर्नेछ । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने छ । कुनै ठूलो सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ ।
मिथुनयो महिना राम्रै रहनेछ । अम्दानीका नयाँबाटाहरु भेटिनेछन् । यस अवधिमा आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । राशिस्वामी बुधले राशिको र दोस्रो भावको विचरण गर्ने भएकाले प्रायशः शुभ परिणाम नै प्राप्त हुनेछन् । पारिवारिक सुख मिल्नेछ । अयाचित लाभ मिल्नेछ । ख्याति र सम्मानमा अभिबृद्धि हुनेछ । व्यापारमा परिवर्तन हुने वा नोकरीमा बढुवा वा प्रशंसा समेत पाउने सम्भावना पनि छ ।कर्कटसमय राम्रै रहनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । शत्रुपक्षले पनि तपाईँले गरेका क्रियाकलापको प्रशंसा हुनेछ । सामाजिक सम्मान प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने छ । वैवाहिक जीवन वा प्रेमप्रसंग सुखद हुनेछ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ ।सिंहयो महिना सकारात्मक देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने समयको आगमन भएको छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । लामो यात्रा सुखद र सफल हुनेछ । व्यापार÷व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । पूर्णरूपेण कर्मशील भइने छ । वरिष्ठ व्यक्तित्व वा सत्तावान् व्यक्तिका साथको सम्बन्धमा सुधार आउने छ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । यस अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ ।
कन्याकर्मक्षेत्रमा रहेको सूर्यको प्रभावले यो महिना तपाईंका लागि सकारात्मक नै रहने छ, उता राशिस्वामी बुधले क्रमशः भाग्य, कर्म र राज्य स्थानमा विचरण गर्ने भएकाले शुभ परिणामकै आधिक्यता रहने सङ्केत छ । समग्रमा यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । व्यवसायिक(व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । अधिकतम आर्थिक समस्याहरू हल हुनेछन् । वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । महिनाको उत्तरार्द्धमा नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ ।तुलामहिना अनुकूल रहनेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै देखिन्छ । प्रेम तथाब दाम्पत्य जीवन सकारात्मक रहने छ, विपरीत लिङ्गीले सहयोग गर्नेछन् । गीतसङ्गीत एवं अन्य ललितकलाका विषयहरूमा र सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुको कारोबारमा सफलता मिल्नेछ । बुद्धि निर्मल बन्नेछ । मित्र र सहयोगीबाट पूर्ण सहयोग मिल्नेछ । लामो यात्राबाट लाभ हुनेछ । विदेशीहरूसँगको सम्पर्क बढ्ने छ । गरेका प्रतिस्पर्धा र सङ्घर्षमा विजयी भइने छ । स्वास्थ्यस्थिति ठीकै रहनेछ ।बृश्चिकअसार महिना तपाईंका लागि समान्य नै रहनेछ । अचानक विविध समस्या देखा पर्न सक्छन् । घरपरिवार र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्वपूर्ण धनमाल हराउने योग परेको छ । आर्थिक पक्षमा हानिको सम्भावना छ । जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । स्वास्थ्यको प्रतिकूलताका कारण कठिनाइ हुनसक्छ । दुःखद समाचार सुन्नु पर्नेछ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक तथा धार्मिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।
धनुयो महिना सामान्य किसिमको रहेकोछ । यद्यपि पारिवारिक वातावरण र दाम्पत्य सम्बन्ध सकारात्मक नै रहने देखिन्छ । तर यस अवधिमा मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना भएकाले यो समय कठिन कालखण्ड हो भन्दा अत्युक्ति नहोला । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । व्यवसायिक वा व्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । यात्राबाट लाभको सम्भावना छैन । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । १९ गतेछिको समय राम्रो हुनेछ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा धेरै घुमफिर हुनेछ । शुभ समाचार प्राप्त हुनेछमकरयो महिना तपाईंका लागि उपयोगी हुनेछ । कार्यमा सफलता हात पर्ने सम्भावना छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । विरोधिहरु परारास्त हुनेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । फलदायी यात्रा हुनेछ धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ ।कुम्भयो महिनाब सामान्यतया अनुकूल नै रहेको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । मातापितासित सुमधुर सम्बन्ध रहने छ । विलासिताका सामग्रीमा खर्च बढ्ने छ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । दाजुभाइ र दिदीबहिनीका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । शीघ्र निर्णय गर्ने सामथ्र्यको विकास हुनेछ । तर १९ गतेपछि भने समय केही प्रतिकूल होला मनमा चिन्ता बढ्नेछ । प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । अनावश्यक खर्च बढ्नेछ ।मीनमहिना अनुकूल रहने छ प्रेम तथा दाम्पत्य जीवनको सुखद रहनेछ । लाभप्रद भ्रमणको सम्भावना छ । पारिवारिक वातावरण पनि सुमधुर सम्बन्ध रहनेछ । सामाजिक सम्मान प्राप्त हुनेछ । तर पहिनाको १५ गतेपछि भने कार्यविफलता होला । मिहिनेत र परिश्रम व्यर्थैमा खेर जानसक्छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । दुर्घटनाको सामान्य सम्भावना छ, त्यसैले सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । समग्रमा यस समयावधिमा मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेेछ ।