रंजन भण्डारीमहोत्तरी । मुस्लिम धर्मावलम्बीको महान पर्व ईद उलफितर आज हर्षोल्लासका साथ मनाईदै छ । सदरमुकाम स्थित ईदगाहहरुमा विहानै देखि नवाज पढी एकअर्कालाई बधाई दिने क्रम जारी रहेको छ ।
अरबी मुलुकहरुमा शुक्रवार नै यो पर्व मनाईएपनि त्यसको भोली पल्ट अर्थात शनिवार पर्व मनाउने भएपनि चाँद नदेखिएको भन्दै आधाले शनिवार मनाएका छन भने वाकिले आज मनाईरहेका छन । आइतबार जिल्लाकै लोहारपटटी, रौजा, पररिया, अध्यानपुर, जलेश्वर र जनकपुरका केहि स्थानमा समेत पर्व मनाइएको छ ।
रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा आज बिहानदेखि मुस्लिमको वसोवास रहेको स्थानहरुमा नया पहिरनका साथ वालवालिका देखि वयोवृद्धसम्म सडकमा घुम्दै र एक अर्कालाई ईदको बधाई दिदै भेटिन्छन । सो अवसरमा बिहान नयाँ वस्त्र धारण गरेर मस्जिद वा इदगाहमा पुगेर अल्लाहलाई नमाज अदा गरी एकापसमा गला मिलाएर शुभकामना आदान–प्रदान गरिरहेका छन् ।
जलेश्वर अस्पताल नजिकै रहेको ईदगाहमा सयौको संख्यामा नवाज अदा गर्नेहरुको घुईचो लागेको छ । मस्जिदमा पनि सयौको सङ्ख्यामा मुस्लिम धर्मावलम्बी भेला भएर सामूहिक रुपमा नवाज अदा गरेर पर्व मनाइरहेका छन् । यसका साथै विभिन्न परिकारका भोजन पकाएर खाने, इष्टमित्रलाई खुवाउने, गरिबलाई अन्न, वस्त्र र नगद दान गर्ने यो पर्व तीन दिनसम्म मनाइन्छ ।
पर्वले बालबालिकामा धर्म प्रतिको संस्कार विकसित गर्दैः
जलेश्वरकै ईदगाहमा नवाज पढ्न आएका युवा,वृद्धसंगै वालकहरु समेत देखिएका थिए । धर्मको सम्मान र आस्थालाई परम्पराको रुपमा आउने समयमा समेत लगिरह्न मद्दत पुगोग र ठुला वडासंगै वालवालिकाले समेत नवाज पढन र धर्म प्रतिको आस्था कायम राख्न वालकहरुलाई समेत ईदहागमा लग्ने गरिएको छ ।
यता महोत्तरीमा हिन्दु र मुस्लिम विच आपसी भाईचारा रहेकै कारण ईदको दिन मुस्लिमहरुले आफ्ना हिन्दु साथी भाईहरुको घरमा समेत सेवई लगायतका खाने सामग्री पठाउने गरेका छन ।