शिक्षकले नै फोहोरमा पढाउदा कसरी आउछ सरसफाईको चेतना

रंजन भण्डारी

महोत्तरी । गुरु ज्ञानको देउता हुन र गुरुले दिएको ज्ञान नै जिवनको सर्वोत्तम ज्ञान हो । कुनै मानिस चेतनशिल हुन गुरुको ज्ञानको ठुलो भुमिका हुन्छ । गुरुले वोलेका वा सिकाएका कुरा नै एक विद्यार्थीको लागि व्रम्हसत्य हुन्छ । तर गुरुले नै आफ्नो ज्ञानलाई संकुचित पार्न थाल्दा र वालवालिकालाई शिक्षा दिनु भन्दा पनि मासिक तलव मात्र वुझ्न थाल्दा वालवालिकाको भविष्य के होला त ?

सर्वत्र सरसफाई वारे अभियान नै चलिरहदा महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ९ सिमरदही स्थित लक्ष्मी नारायण मा.वि.मा वालविकासको कक्षामा देखिएको दृष्यले भने गुरु र गुरुले दिने ज्ञान प्रति प्रश्नचिन्ह उठाएको छ ।

जनकपुरको महागंगा आरती सरसफाई र स्वच्छताको प्रतिककै रुपमा स्थापित भएको छ भने जलेश्वर मै सामुदायिक प्रहरी तथा स्थानियहरुले थालेको सरसफाई अभियानले समेत आफ्नो सरसफाई प्रतिको जिम्मेवारी वोध गराउने प्रयास गरेको छ । तर वालवालिकालाई सरसफाई,संस्कार तथा विभिन्न विषयगत ज्ञानका साथै सामाजिक ज्ञान दिने अभिभारा वोकेको विद्यालयमै वालवालिकालाई सरसफाई गर्न सिकाउनु भन्दा पनि त्यही फोहोरमा राखेर पढाउदा उक्त विद्यालय वा शिक्षकले वालवालिकालाई वास्तवमै शिक्षित गर्न खोजेका हुन वा सरकारले दिएको जागिर खान मात्र उक्त शिक्षकहरु वसेका हुन सहजै अनुमान लगाउन सकिन्छ ।

यसरी दिईरहेका थिए गुरुले ज्ञान :

मटिहानी नगरपालिका वडा नं. ९ सिमरदही स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयको वालविकास,कक्षा एक र सम्भवत कक्षा दुई समेतका वालवालिकाहरुलाई एउटा कक्षा कोठामा वसाइएको थियो । एक जोर वेन्च र डेस्क मात्र कक्षा कोठा भित्रै छेउ छेउमा राखिएको थियो । पाच देखि सातजना वालवालिका त्यै वेन्चमा वसेका थिए भने अन्य वालवालिकाहरु भुईमा घरवाटै ल्याएको प्लास्टिक र जुटको फोहोर वोरामा वसेका थिए । कक्षा कोठा भरि कागज,चाउचाउ,चकलेट,धुलो,माटो र अन्य विभिन्न प्रकारका फोहोर यत्रतत्र फैलिएको थियो । त्यही फोहोरमाथी वालवालिकाहरु वसेका थिए । यता शिक्षिका हातमा लौरो(लटठी) लिएर कक्षामा डुल्दै उनीहरुको गतिविधी हेर्दै पढ्ने निर्देशन दिईरहेकि थिईन । उक्त विद्यालयमा अध्ययनरत अधिकांश वालवालिका दलित समुदायका छन ।

यस्तो भन्छन प्रधानाध्यापक :

हामीले प्रधानाध्यापकसंग विद्यालय र कक्षा कोठाको सरसफाई वारे जिज्ञासा राख्यौ र कक्षा कोठाको वस्तु स्थिति वारे प्रश्न तेर्स्यायौ । विद्यालयका प्रधानाध्यापक राजकिशोर चौधरीले सहजै जवाफ फर्काए “कार्यालय सहयोगी सरसफाई को लागि राखेकै छौ । व्यस्त भएर होला कक्षा कोठा सफा गर्न सकेन होला । ”उनी कोठा सफा गराईदिने भन्दै पन्छिए ।

प्राय सामुदायिक विद्यालयको यस्तै छ अवस्था :

जिल्लामा रहेका अधिकांश सामुदायिक विद्यालयमा दलित र विपन्नका वालवालिका नै अध्ययन गर्छन र प्राथमिक देखि आधारभुत सम्मको पठन पाठन हुने प्राय विद्यालयहरुको यस्तै अवस्था छ । चा.लु. आर्थिक वर्षमै महोत्तरीको मनरा सिस्वा,मटिहानी,लोहारपटटी,भंगहा,जलेश्वर र औरही नगरपालिका तथा एकडारा,महोत्तरी,सम्सी लगायतका विभिन्न गाउपालिकाहरुमा रहेको केहि विद्यालयहरुको स्थलगत अवस्था हेर्दा प्राय विद्यालयमा सरसफाईको अवस्था दयनिय देखिएकोे छ भने भौतिक पुर्वाधार जिर्ण तथा केहि विद्यालयमा शौचालयको समेत प्रवन्ध नरहेको पाएको छ । तर अधिकांशको प्राथमिक तहका विद्यालयहरु भने आधारभुत भन्दा वढी दयनिय अवस्थामा रहेका छन ।

सिमरदहि विगत र वर्तमान :

साविकको गाविस र वर्तमानमा मटिहानी नगरपालिकाको एक वडामा सिमित भएको सिमरदही आज भन्दा करिव १५ वर्ष पहिले नै नेपालमा आफ्नो नाम चिनाईसकेको छ । वोक्सी भनेर मलमुत्र खुवाइएकि सिमरदही कि मरनी देविको समाचार कभर गर्न नै नेपाल तथा विदेशी पत्रकारहरुको घुइचो नै लागेको थियो । सामाजिक कुरिति र अंधविश्वास कि प्रत्यक्ष भुक्तभोगी तथा उदाहरण वनेकि मरनी देवीले देश तथा विदेशकै विभिन्न सम्मान पाईन र सिमरदही क्रमश सुधार तर्फ अग्रसर हुदै गयो । वर्तमानमा भने त्यसतो अंधविश्वास समाप्त हुन लागेको छ भने अन्त्य हुन निश्चित पनि थप केहि समय लाग्ने छ । सिमरदहीमा दलित र मुसलिमको वाहुल्यता छ ।

यता विगतमा सिमरदहीको गाउ क्षेत्र छिर्न लाग्दा सडकको दुवै छेउमा दिशाको गन्घले नाक नै थुन्न वाध्य हुनु परेपनि अहिले भने त्यसमा समेत निक्कै कमि आएको छ । निश्चय पनि सरसफाई प्रति विभिन्न निकाय तथा संस्थाहरुले गरेको कामको प्रतिफल नै सरसफाई प्रति केहि जागरुकता भने आएकै छ तर त्यो जागरुकता सडकमा दिशा वस्न मै सिमित नभई घर,सडक,विद्यालय,सार्वजनिक पाटी पौवा तथा अन्यत्र समेत हुनु आवश्यक छ । समाज नै विस्तारै सरसफाई प्रति जागरुक हुने प्रयास गरिरहदा विद्यालय भने कहिले सफा हुने चिन्तनिय विषय छ । शिक्षाकै भण्डार रहेको स्थान आफै फोहोर हुनु दुर्भाग्यपुर्ण छ ।

स्थानिय श्याम चौधरी समेत विगत भन्दा अहिले सरसफाईमा सिमरदहीले काचुली फेरेपनि विद्यालय तथा अन्य क्षेत्रमा भने अझै केहि काम गर्न वाकि रहेको स्विकार्छन । चौधरी विद्यालयको व्यवस्थापकिय कमजोरीले सरसफाई नहुनु दुर्भाग्यपुर्ण भएको बताउछन ।

वालवालिकाहरुको लागि छैन विशेष व्यवस्था :

नेपाल सरकारले वालवालिकाको सेवा सुविधा र उनीहरुलाई पठन पाठन गर्न सहज होस भनेर साविकका वर्षहरुमा वालविकासकै कक्षाको लागि प्रति विद्यार्थी पाचसयको दरले रकम दिदै आएको थियो आर्थिक वर्ष २०७२।७३ सम्म जिल्ला शिक्षा कार्यालय महोत्तरीबाट नै वालविकासको लागि रकम निकासा भएको देखिन्छ तर उक्त रकम वालविकास कक्षामा प्रयोग गरिएको विद्यालयको अवस्थाले पुष्टी गरेको छैन । यसवारे प्रधानाध्यापक वालवालिकाको लागि आएको रकम थोरै भएकोले त्यती रकमले केहि गर्न नसकेको स्विकार्छन ।

कहिले सुधार हुन्छ :

कक्षा कोठा नै फोहोर कै खानी भएपछि उक्त कक्षा वा विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरु कसरी आफ्नो र आफ्नो घरमै सरसफाई गर्न सक्छन त ? सोचनिय विषय छ । विद्यालय मै फोहोरमै वसेर पढ्ने वानी वनिसकेपछि उनीहरुलाई सरसफाई वारे केहि जानकारी नभएको र शिक्षकहरुले समेत सरसफाई वारे केहि नसिकाईदिएको सहजै देखिन्छ ।

गरिव र दलितका वालवालिका पनि शिक्षाको त्यती नै हकदार रहेको छ जति निजी तथा महंगो विद्यालयमा पढ्ने वालवालिकाको छ । निजी तथा महंगो विद्यालयमा पढ्ने वालवालिकालाई भरसक सफा राख्ने प्रयास गरिन्छ तर सामुदायिक विद्यालयमा नेपाल सरकारको तलव खाने योग्य शिक्षकहरु तलव खान कै लागि मात्र विद्यालय आइदिदा कहिलेसम्म वालवालिका फोहोर मै वसेर पढ्ने हुन यसवारे गहन छलफल र कार्यगर्नु आवश्यक रहेको स्थानिय चौधरी वताउछन ।

सानै देखि परेको वानी परिवर्तन गर्न सहज नभएपनि सानै देखि सकारात्मक र सुधारोन्मुख तथा राम्रा वानीहरुको विकास गर्न सकिए पक्कै पनि एउटा सुन्दर समाजको निर्माण हुने छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…