कसले गाउने अब असारे गीत !

राधिका जोशी
जदौ, नमस्कार, सबैखी असार साउनका मैना
टाढाभइगै जन सम्झ्या मेरा साथ्या भाई बैना ।
हाम्री गाउँकी डल्ली भाउजूले खुब मिठो भाका हालेर गीत गाउँथिन् । भाउजूसँगै अरु रोपाहरहरु पनि लय मिलाएर गाउथे असारे गीत । भाउजूले थालेको गीतमा लय दिदै गाउँका अन्य रोपारहरु पनि खुवै रमाउथ्यौ । अझ मजा त तव आउँथ्यो गाउँका दाजु भाइहरु अर्थात बाउसेहरु पनि ओहोई ओहोई गर्दै कम्मर भाँचे जस्तै खेतमा काम गर्थे ।

 मानोे छरेर मुरी उब्जाउने यो असार महिना किसानको लागि अति नै महत्वपूर्ण हुन्छ र त हामी बिहानै ५ बजे उठेर खेतमा नारिन पुग्थ्यौ एक हल गोरुसँगै । बाउसेहरुले झिसमिसे उज्यालो नहुँदै दुर्इ चारवटा गराहरु हिलाम्मे पारिसक्थे । हामी रोपारहरु घरमा मिठो मिठो खानाको परिकार बनाउँथ्यौ । खेतालीहरु पनि बिहानै पुगेर बिउ उखेल्थे र खाना खाएर तयार गरेको हिलाम्य खेतका गराहरु मा छुपु छुपु धान रोप्न जान्थे । केटाकेटी के बुढा बुढी के सबैको भागमा काम पारिदिन्थ्यो असारले ।

छिमेकमा भाईचराको सम्बन्ध गाढा बनाइदिन्थ्यो अर्मा पर्मा गरेर सबै मिलेर खेती पाती गरिन्थ्यो । गाउँमा आफू आफूहरु मिलेर आलो पालो काम गर्ने लाई नै पर्मा लाउनी भन्ने चलन छ अझै पनि । आज एउटाको खेतमा, भोलि, पर्सी अर्कोको खेतमा गर्दै गाउँ छिमेक भरिका मानिस रमाउदै काम गर्दा न त त्यो टन्टलापुर गर्मीको महसुस हुन्थ्यो न त त्यो मुसालधारे पानीको नै । बस आजको रोपाइ सम्मन्न गर्नु मात्रै हुन्थ्यो माह्रो लक्ष्य र त दिनभरी काम गरिन्थ्यो । हुनत म सानै थिए । मैले अन्य रोपार जस्तै खटेर काम गर्न नसक्ने भएर होला आमा र दिदीले मलाई छरछिमेकको खेतमा जानु भन्दा पनि घरमै भाइबहिनीको सुरक्षा गार्ड बनाएर राख्न्थ्यिो । तर मलाई त्यो पटक्कै मन पर्दैनथ्यो । किनकी खेतमा गएर आफूपनि हिलाम्य हुने र अरुलार्इ पनि हिलो छ्याप्ने जो मेरो कामबाट म बञ्चित हुन्थे । हुन पनि म खेतमा गएर काम गर्थे नै कहाँ र हिलाम्य खेतमा लड्ने र नहरमा पौडिनु बाहेक ।

जुन दिन म र मेरो भाइ आमाको आँखा छलेर दिनभरी नहरमा नुहाएर भरे जरोले थला परेथ्यौ । र भोलिपल्ट आमाको झापट खाएको त्यो दिन त अझै सम्झनामा छ । आमाको झापट एकछिनमै भुलिन्थ्यो र रमाइनथ्यो ती हिलाम्य तराइका फाँटहरुमा । हरिया मकैका टुप्पामा सेता चम्किला धानचामारहरु लहलह झुल्दै नाँच्दै धानका बिउहरुलाई स्वागत गरिरहेको जस्तो आभास हुन्थ्यो मलाई । कसैका खेतमा काले र माले गोरुको एक हल हुन्थ्यो कसैकोमा दुई । त्यो खेतको फाँट मलाई रङमन्च जस्तै लाग्दथ्यो अनि निकै रोमान्चित हुने गर्दथे । सरकारी कर्मचारी पनि बिदा मिलाएर खेतमा काम गर्दथे , शहरमा पढ्ने बिद्यार्थी पनि आफ्नो खेतको रोपाइँको दिन सघाउन पगेकै हुन्थे असारमा ।

प्राय सबैको घरमा एक हल गोरु पालिएको हुन्थ्यो । एउटा छिमेकीले अर्को छिमेकीलाई सघाउँथे । माटोको सुगन्धले चारैतिर मग मग बसाउँथ्यो मेरो गाँउ । तर अहिले परिस्थिती फेरिएको छ । समय त उस्तै हो हिजो जुन गतिमा हिंडेको थियो आज त्यहि गतिमा छ तर जुग परिवर्तन भएको छ । मान्छेका चाल चलन, रहन सहन अझ भनु सोचनै परिवर्तित भएको छ । पहिलेको त्यो रामाइलो मेरो गाउँ परिवर्तन भएको छ । मेरो गाउँको त्यो असार र यतिवेलाको असारमा निकै भिन्नता आएको छ । उराठ लाग्दो देखिन्छ मेरो गाउँ । नत खेत भरी खेतालाहरु देखिन्छन् । नत ती झाले माले गोरु नै । अझ भनु त्यतिवेलाको आर्मा पर्मा पनि हराउदै गएको हो की भनने आभास गराउँछ । गाउँभरीका युवाहर अध्यनको सिलसिला होस वा जागिरको सिलसिलामा शहर पस्ने र विदेशीने गरेका छन् ।

गाउँमा खालि बालबालिका र बृढबृद्धामात्रै हुन्छन् । अझ कतिपय घर खेतवारी सवै बाँझो देखिन्छ । देशमा चर्केको जनयुद्द पस्चात युवाहरु बैदेशिक रोजगारी को लागि बिदेश पस्ने क्रम रोकिएको छैन । हिजो भारत सम्म पुगेर मजदुरी गर्ने नेपाली युबाहरु आज मध्यपुर्बका देशहरु साउदीअरब, दुबइ, कतार, कुबेत लगायत फारइस्ट मलेसिया, थाइल्यान्ड, सिङापुर हुँदै कोरिया जापान का गल्ली गल्लीमा मजदुरी गरिरहेका छन् । कारण जे जस्ता भए पनि गन्तब्य जहाँ कही भए पनि उदेस्य सबै को एउटै हुन्छ धन कमाउने । आफ्नै पैसाले आफुलाई नै बेचेर धन कमाउन हिंडेका ति प्रदेशीका सपना आफुले बोकेर ल्याएका झोलाका कपडाहरु भन्दा धेरै हुन्छन तर फरक त्यती मात्रै हुन कसैका केही पुरा हुन्छन भने धेरैका अधुरा ।

आफू पालिएको, आफुलाई हुर्काएको धर्तीलाई बाँजो राखेर पराइको माटोमा पसिना चुहाउनु रहर त कस्लाई हुन्छ र तर पापी पेट्को सबाल छ भन्ने नाउमा हाम्रो महत्वाकांक्षाले पनि हामीलाई मजबुर बनाएको छ । तर जिन्दगीभर अरबको मरुभूमीमा पसिना बगाएर शहरको एउटा कुनामा दश हात जग्गा किनेर दुई तले घर बनाउनु नै प्रगती गर्नु हो भने यही प्रगती गरुन्जेल गुमाएका बस्तुहरुको हिसाब किताब कहिले र कसले गर्ने ?

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…

–अर्जुन थपलिया गान्धीले अहिंसात्मक आन्दोलनको सहारा लिए । जसलाई ‘सत्याग्रह’को नाम दिइयो । गान्धीले इष्टइन्डिया कम्पनीको बेलायती शासनबाट भारत स्वतन्त्र…