नारायणगढ–मुग्लिङ सडक भासियो(फोटो फिचर)

आनन्द पोखरेल
चितवन । नारायणगढ मुग्लिङ सडक खण्डमा सडक भासिएको छ । बिएलए एससिसि ज्वाइन्ट भेन्चरले निर्माण गरेको आँपटारी दासढुंगा सडक खण्डको भतेरी जंगलमा सडक भासिएको हो ।

आँपटारीबाट करिब साढे ६ किलोमिटरको दुरीमा रहेको भतेरीको जंगलमा करिब एक सय मिटर सडक भासिएको छ । उक्त सडकको किनारमा तीन फिटसम्म भासिएको छ भने सडक किनारबाट करिब चार मिटर चौडासम्म सडक चर्किएको छ । चर्किएको सडकलाई निर्माण कम्पनीले सिमेन्ट लगाएर टाल्ने प्रयास गरेको भएपनि सडक भासिएको हो । सडक निर्माण सम्मन्न नहुँदै सडक भासिन थालेपछि यसको गुणस्तरको बारेमा प्रश्न उठाइएको छ ।

निर्माण कम्पनीले सडक हस्तान्तरण गरेको एक वर्षसम्म सडकमा कुनै पनि क्षति भएमा त्यसको मर्मत सम्भार गर्नुपर्ने नारायणगढ मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले बताउनुभयो । भासिएको सडकको अवस्था हेरेर निर्माण कम्पनीलाई तुरुन्त सडक मर्मत गर्न लगाइने खनालले बताउनुभयो ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…