सक्कियाे ब्राजिलकाे विश्वकप यात्रा, ३२ वर्षपछि बेल्जियमकाे एेतिहासिक जीत

काठमाडाैँ । उपाधी दाबेदार मानिएकाे ब्राजिल रसिया विश्वकपबाट बाहिरिएकाे छ । शुक्रबार राती भएकाे क्वाटर फाइनलमा वेल्जियमसँग २-१ गाेल अन्तरले पराजित भएपछि ब्राजिलकाे विश्वकप यात्रा सकिएकाे हाे । याे जितसँगै बेल्जियम ३२ वर्षपछि विश्वकप फुटवलकाे सेमिफाइनलसम्म पुगेकाे छ । यसअघि बेल्जियम सन् १९८६ मा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियाे । रसिया विश्वकपमा यो बेल्जियमको लगातार पाँचौं जित  हो।

पहिलाे हाफमा नै अात्मघाती गाेलले २-० गाेल अन्तरले पछि परेकाे ब्राजिलका लागि दाेस्राे हाफकाे ७६ अाैँ मिनेटमा अार अगुस्टाेले एक गाेल फर्काए । पटक पटक पाएकाे अबसर ब्राजिलले खेर फालेकाे थियाे ।

ब्राजिललार्इ शुरूवाती समय मै २ गाेलले पछि पार्दै बेल्जियमले अग्रता लिएकाे थियाेे । उसका लागि १३ अाैँ मिनेटमा फर्नान्डिन्हाे र ३१ अाैँ मिनेटमाम डी ब्राउनीले गाेल गरेका हुन् । पहिलाे गाेल बेल्जिमयले उपहार पायाे । खेलको १४अौं मिनेटमा बेल्जियमका नासिल नादिलले कर्नरबाट स्विङ गर्दै पोस्ट नजिक पुर्याएको बल फर्नान्डिनोको पाखुरामा लाग्दै गोलमा परिणत भएपछि  बेल्जियमले सुरुवाती अग्रता पाएको थियो। यसविश्वकपमा भएको यो ११ अौं अात्मघाती गोल समेत हो। खेलको ३२ अौं मिनेटमा केभिन डि ब्राउनीले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारेका थिए।

अब बेल्जियमले अागामी मंगलबार फ्रान्ससँग सेमिफाइनल खेल्नेछ।

रसिया विश्वकमा बलिया  उपाधी दाबेदार मानिएका सबै टीम बाहिरिएका छन् । जर्मनी, स्पेन, अर्जेन्टिना, पाेर्चुगल लगाएतका टाेलि घर फर्किएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…