स्वीडेन र इंग्ल्याण्ड, रुस र क्रोएसियाबीचको भिडन्त अाज, कसले मार्ला बाजी ?

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा उरुग्वेलाई २–० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको छ ।

शुक्रबार भएको पहिलो क्वाटर फाइनल खेल शुरु भएदेखि नै आक्रामक खेल खेलेका दुवै टोलीले लगातार पोष्टमा आक्रमण गरेका थिए । फ्रान्सले पहिलो हाफको ४१ औं मिनेटमा सुरुवाती अग्रता बनायो ।

एन्टोनियो ग्रिजम्यानको फ्रिकिकमा राफेल भारानेले गोल गरेका थिए । पहिलो हाफमा १–० ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल ग–यो ।

शुक्रबार नै भएको अर्को क्वाटर फान्ल खेलमा बेल्जियमसँग २–१ ले पराजित हुँदै ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । उपाधि दाबेदार मानिएको ब्राजिल पहिलो हाफमै २ गोल खान पुगेपछि विश्वकपबाट बाहिरिएको हो ।

दोस्रो हाफमा एक गोल फर्काए पनि विश्वकपमा अगाडि बढ्न ब्राजिलका लागि पर्याप्त भएन । ब्राजिलले पहिलो हाफमा दुई गोल खाए पनि दोस्रो हाफमा खेलमा फर्कने कोशिश गरेको थियो ।

तर गोल हुन नसक्दा ब्राजिल २–१ ले पराजित हुँदै क्वार्टर फाइनलबाटै घर फर्कियो । आज सॉझ ७ः४५ बजे स्विडेन रइंग्ल्याण्डबीचको खेल हुने छ भने राती ११ः४५ बजे रुस र क्रोएसियाबीच खेल हुने छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…