२०७५ साल असार २४ देखि ३० गतेसम्मको साप्ताहिक राशिफल

मेष
तपाईंको लागि यो साता मध्यम छ। अनावश्यक खर्च बढ्न सक्छ । तापनि बुधवारदेखि पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । चुनौतीहरू पार लाग्नेछन् । बुद्धिको उपयोगले गुमेको प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ काम प्रारम्भ हुनेछ ।पुराना समस्या समाधान हुनेछन् ।
वृष
यो साता अनुकूल बन्नुका साथै प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ । व्यापारमा फाइदा होला। कामले अरूलाई आकर्षित गर्न सकिनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ । रोकिएका धेरै काम बन्नेछन्।
मिथुन
यो साता मध्यम छ।काममा बाधा र चुनौती देखिनेछन् । अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला । साताको मध्यबाट व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर लाभ उठाउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।
कर्कट
रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । ईर्ष्या गर्नेहरूले सताउनेछन् ।आँट गर्न नसक्दा काममा पछि परिनेछ । अप्रिय समाचारले मन भारी हुनेछ । तापनि सप्ताहान्त अनुकूल देखिन्छ । मिहिनेत गर्दा पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ ।
सिंह
प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । काम बिग्रने डरले पनि सताउनेछ । बुधबारपछि शुभचिन्तकहरूले साथ दिनेछन् भने मिहिनेत गर्दा आँटेको काम बन्नेछ । अझ सप्ताहान्तमा सहयोगीहरू जुट्नाले मनग्गे फाइदा उठाउन सकिनेछ ।
कन्या
साताको प्रारम्भमा रमाइलो पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ । फजुल खर्च बढ्नुका साथै वादविवादमा परिने सम्भावना छ । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् । तापनि, बुधवारपछि शुभचिन्तकहरू सहयोगले स्थितिमा सुधार आउनेछ ।
तुला
साताको सुरुमा विशेष अवसर जुट्नुका साथै मनग्गे आम्दानी हातलागी हुनेछ । यद्यपि बुधबार पछि अर्थ अभावले चिताएको काममा बाधा पुग्नेछ । तर टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ । रमाइलो जमघटमा सहभागी भइनेछ ।
बृश्चिक
आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्गे धन संग्रह हुनेछ । पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ ।
धनु
आँटले काम बन्नेछन् भने मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । दिगो फाइदा हुने काम प्राप्त हुनेछ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ । बुधवारपछि काम, दाम र स्वास्थ्यमा बाधा हुने देखिन्छ । दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ ।
मकर
यो साता उत्तम छ ।रोकिएको काम बन्नुका साथै चिताएका काम सम्पादन गर्न सफल भइनेछ । सहयोगीहरूले मनग्गे फाइदा दिलाउनेछन् । बुधवारपछि पारिवारिक असमझदारीले काममा बाधा होला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला ।
कुम्भ
नियमित काममा बाधा पुग्न सक्छ। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ । अरूका लागि समय खर्चनुपर्ला । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै कीर्तिमानी काम गर्ने अवसर पनि प्राप्त हुनेछ । नियमित काम बन्नाले मनग्गे आम्दानी हुनेछ ।
मीन
प्रियजनसँगको भेटघाटले दिनहरू रमाइलो रहनेछ। लगनशीलताले राम्रै फाइदा दिलाउनेछ । विशेष उपहार प्राप्त हुने समय छ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । तर सप्ताहान्तमा काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुन सक्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…

–अर्जुन थपलिया गान्धीले अहिंसात्मक आन्दोलनको सहारा लिए । जसलाई ‘सत्याग्रह’को नाम दिइयो । गान्धीले इष्टइन्डिया कम्पनीको बेलायती शासनबाट भारत स्वतन्त्र…