शोकलाई शक्तिमा बदल्दै, पहाड पल्टाउने नेपाली ‘माउन्टेन म्यान’-फाेटाे फिचर

गंगा पराजुली

इलाम । २०१८ सालमा सुरक्षा फौजको गोलीबाट लालाबाला गुमाएपछि इलामका डम्बरसिंह सुनुवार शोकलाई शक्तिमा बदल्न पहाड पल्टाउने अभियानमा छन् ।

सन्दकपुर गाउँपालिका १ इलामका उनीलाई सरकारी पक्षबाट सहयोग नभएपछि ६ रोपनी पहाड पल्टाएर छोराछोरीको सम्झनामा स्मृति पार्क बनाएका छन् ।

करिब ९ दशक पार गरेको कुप्रो ज्यानले पत्रे चट्टानमाथि छिनो र हथौडाले एकनास ठुंगिरहेको छ ।

सानो जलकुण्ड छ, ढुंगे चौतारो छ, छानोविहीन मन्दिर छ, अनौठो मुहार आकृति छ । यही नयाँ स्वरुप ग्रहण गर्दै गरेको सिंगै डाँडोमा बसेका छन्, डम्बरसिंह सुनुवार ।


सन्दकपुर गाउँपालिका १ स्थित पहाडको कुनामा जीवन बिताइरहेका डम्बरसिंहसँग राजनीतिसँग लिनु –दिनु थिएन । तर, त्यही राजनीतिक उथलपुथलले उनको जीवनलाई दुःखान्त मोडमा धकेलिदियो । घटना थियो, २०१८ सालबाट शुरु भएको ‘सशस्त्र प्रतिरोध आन्दोलन’को ।
२०१८ साल मंसीरबाट थालेको सशस्त्र आन्दोलनका क्रममा बिद्रोही र सुरक्षा फौजको भिडन्त चल्यो । त्यही क्रममा १२ बर्षीय छोरा डिकबहादुर र डेढ बर्षीया छोरी ओममायाले सुरक्षाफौजबाट बत्तिएर आएको टुइन्च मोटारको आवाजसँगै संसार छोडेपछि डम्बरसिंहले शोकलाई शक्तिमा बदल्दै पहाड पल्टाउन थाले ।                                                                                                                            
२०१८ माघ २ गतेको यो घटनापछि डम्बरसिंहको खुसी संधैका निम्ति लुटियो । अन्ततः ठूल–ठूला चट्टान फोरेर त्यसैमा आफ्ना मृत नावालक सन्तानको आकृति कुँद्न थाले ।  शरीर झन् झन् कुप्रिँदै गएको छ । आँखा मधुरो हुँदै गएका छन् । तर सुनुवारलाई राजनीतिकसँग सम्बन्धै नभएका बेला छोराछोरी गुमाउनु पर्दाको पिडा मलम नलाउने सरकारले चासो दिएको छैन ।


कुप्रो शरिर निरन्तर सिर्जनसिलतामा लागेपनि सुनुवारको जिवनशैली २०१८ सालकै जस्तो छ । सनुवारका खुट्टाले चप्पल र छाप्रोले टिनको छाहारी माग गरेको बर्षौ भएकाले सरकारी निकायले चासो दिनुपर्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…