नेपाली चलचित्रमा मौलिक लेखनको खडेरी,दुई चलचित्रमाथि डायलग चोरीको आरोप

काठमाडौं । नेपाली चलचित्र क्षेत्रले प्रायः खप्दै आएको आरोप हो–चोरी । नेपाली फिल्महरुले विदेशी चलचित्रका कथा र प्लट हुबहु चोरी गर्ने गरेको आरोप लाग्दै आएको छ । पछिल्लो समय रिलिज हुने तर्खरमा रहेका दुई नेपाली चलचित्रमाथि यस्तै चोरीको आरोप लागेको छ । युवापुस्ताबिच निकै लोकप्रिय रहेका लेखक सुविन भट्टराईले अनुमतिविना चलचित्र ‘ब्ल्याक’ र ‘कायरा’ले आफ्नो सिर्जना चोरी गरेको दाबी गरेका हुन् ।

चलचित्र कायरा अभिनेता आर्यन सिग्देलले आफैंले निर्माण गरेको चलचित्र हो । यसमा उनी आफैं लिड रोलमा छन् । निरन्तर चलचित्र असफल भएपछि केही समय ब्रेक लिएका आर्यन आफ्नै लगानीको चलचित्र कायराबाट कमब्याक गर्ने सुरमा छन् । तर चलचित्र रिलिज नहुँदै गाँसमा ढुङ्गा परे जस्तै भएको छ ।

केही समयअघि सार्वजनिक भएको कायराको ट्रेलरमा आर्यनको एउटा संवाद छ–पूरा हुन् या अधुरा,सपना त सपनै हो,देख्न छाड्नु हुन्न ।

कायराको यही डायलाग लेखक सुविन भट्टराईले आफ्नो भएको दाबी गरेका हुन् । उनको दाबी अनुसार उनले सन् २०१७ को अप्रिल १९ मा फेसबुकमा लेखेको आफ्नो पोष्ट कायराले हुबहु चोरेका हुन् । उनले फेसबुकमा लेखेका थिए– पूरा हुन् या अधुरा हुन्,सपना त सपनै हो,देख्न छाड्नु हुन्न ।

यसरी आफ्नो सिर्जना विना कुनै क्रेडिट हुबहु चोरी भएको थाहा पाएपछि रन्थनिएका लेखक भट्टराईले सामाजिक सञ्जाल मार्फत नै आक्रोश व्यक्त गरेका छन् । २५ जुनमा उनले पोष्ट गरेको स्टाटस यस्तो छ–

जब जब नेपाली फिल्म हेरौँ, माया गरौँ भन्ने भाव आइरहेको हुन्छ तब यी यस्ता फिल्मका लेखक, निर्देशक निर्माताको बुद्धि देखेर बिरक्त लाग्छ ।
चौध महिना अघिको मेरो फेसबुक पोष्टलाई हुबहु एउटा शब्दपनि नबद्ली, ट्रेलरमै, त्यो पनि हिरोको मुखबाट सुन्दा सम्पूर्ण सिनेमा जिरो भन्दापनि कम स्तरमा झरेको प्रतीत भइरहेको छ ।

दर्शक यस्तै निर्माता, निर्देशक र स्क्रिप्ट राइटरका कारण नेपाली सिनेमा हेर्न रुचाउँदैनन् ।

यस्तो घटना पहिलोपटक घटेको भने होइन । पटक पटक भएको छ । अझ एउटा हिटको पगरी भिरेको नेपाली फिल्ममा त समर लभको हुबहु संवाद हालिएको पनि छ ।
सधैँ चुप बसेँ । योपटक सकिनँ । माफ गर्नुहोला ।

उता फिल्मका निर्माता तथा अभिनेता आर्यन भने सुविनको दाबी स्वीकार्न तयार छैनन् । सुविनको स्टाटससँग आफ्नो चलचित्रको संवाद मिल्नु संयोग मात्र भएको आर्यनको दाबी छ । उनको जिकिर छ–म आफैं स्क्रिप्ट राइटरसँग बसेर डायलाग लेखाएको हूँ ।

तर आर्यनको तर्कमाथि लेखक सुविनको अर्को तर्क छ–केही तलमाथि नभइकन पनि सृजना हुन सक्छ र ?

यति हुँदा पनि आर्यनले डायलाग कपी गरेको स्वीकार गरिसकेका छैनन् । उल्टै यो सामान्य बोलीचालीमा प्रयोग हुने वाक्य भएको जिकिर गरिरहेका छन् ।

आफ्नो सिर्जना पनि चोर्ने उल्टै मौलिक भन्दै तर्क गर्ने आर्यनको रवैयालाई कानुनी जवाफ दिने सुविनको योजना छ । प्रतिलिपि अधिकारमा उल्लेखित व्यवस्थाको आधारमा कानूनी बाटो समात्ने उनको तयारी छ ।

लेखक सुविनले चलचित्र ब्ल्याकले पनि आफ्नो सिर्जना चोरी गरेको दाबी गरेका छन् । ब्ल्याकको सार्वजनिक ट्रेलरमा एउटा डायलग छ–हामी दुवैबीच प्रेम थियो या थिएन,तर केही त थियो जुन प्रेम जस्तै मीठो थियो ।

यही डायलाग सुविनको बेस्ट सेलर उपन्यास मनसुनको पेज नम्बर ७३ मा छ । तर ब्ल्याकका निर्देशक प्रदीप श्रेष्ठले भने उक्त डायलग कपी गरेको स्वीकारेका छन् । फेसबुकमा कसैले लेखेको स्टाटस मन परेर चलचित्रको ट्रेलरमा राखिएको तर मनसुन उपन्यासको हो भन्ने भने आफूलाई थाहा नभएको निर्देशक प्रदीपको भनाइ छ ।

यस्तै ब्ल्याक युनिटले यो विवादमा अल्झिरहन चाहेन । त्यसैले मंगलवार लेखक सुविनसँग भेटेर माफी माग्दै क्रेडिट दिने सहमति गरेका छन् । गल्ती स्वीकार्ने ब्ल्याक युनिटको शैलीबाट लेखक सुविन पनि खुशी छन् ।

चलचित्र बनाउन डेढ दुई करोड खर्चने अनि दुई लाइनको संवाद भने अर्काको स्टाटसबाट उडाउने यी दुई प्रकरणबाटै थाहा हुन्छ नेपाली चलचित्र क्षेत्रको बौद्धिकता ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…

–अर्जुन थपलिया गान्धीले अहिंसात्मक आन्दोलनको सहारा लिए । जसलाई ‘सत्याग्रह’को नाम दिइयो । गान्धीले इष्टइन्डिया कम्पनीको बेलायती शासनबाट भारत स्वतन्त्र…