दशैंमा ‘छक्कापञ्जा’को सिण्डिकेट तोडिदै,दीपक–दीपालाई छटपटी !

काठमाडौं । हुन त यो वर्षको दशैं आउन अझै तीन महिना भन्दा बढी समय बाँकी छ । तर नेपाली चलचित्र क्षेत्रमा भने अहिलेदेखि नै दशैंले माहोल तताउन शुरु गरिसकेको छ । दशैं विदालाई लक्षित गरि दुई चलचित्र जय भोले र छक्कापञ्जा ३ ले एकैदिन रिलिज मिति तोकेपछि तातिएको माहोल दुवै चलचित्रका निर्देशकको पछिल्लो अभिव्यक्तिले झनै तातेको छ ।

चलचित्र वितरक कम्पनी डिसीएनसँग आवद्द निर्देशक अशोक शर्माले झण्डै दुई दशकपछि निर्देशन गरेको चलचित्र जय भोलेले निर्माण अघि नै आगामी दशैंमा रिलिज हुने घोषणा गरेको थियो । उता पहिलो चलचित्रदेखि नै हरेक दशैंमा रिलिज गर्दै आएको चलचित्र छक्कापञ्जा टिमले तेस्रो सिक्वेल पनि दशैंकै अवसरमा रिलिज गर्ने घोषणाकासाथ हाल धमाधम छायांकन जारी राखेको छ । जय भोलेले सम्पूर्ण छायांकन सकाएर गीत र टिजर समेत सार्वजनिक गरिसकेको छ । तर दर्शकहरुको प्रतीक्षाको सूचीमा रहेको दुवै चलचित्रले दशैंको विदालाई रिलिज मिति तय गरेपछि माहोल अहिलेबाटै तातिन शुरु गरेको छ ।

जय भोलेका निर्देशक एवम् निर्माता अशोक शर्मा आफ्नो पूर्व घोषणाबाट पछि हट्ने मुडमा देखिदैनन् । आफूले छक्कापञ्जा ३ भन्दा अगाडिदेखि नै दशैंमा रिलिज गर्ने योजनाकासाथ चलचित्र निर्माण गरेकोले कुनै हालतमा पछि नहट्ने निर्देशक शर्मा बताउछन् । परिआए आफू छक्कापञ्जा ३ सँग भिड्न तयार रहेको उनले बताए । उनले भने–’मैले कुनै फिल्मसँग जुधाउछु भनेर जय भोलको निर्माण गरेको होइन । फेरि एक दुईटा फिल्मसँग जुध्दैमा खासै आत्तिनुपर्ने अवस्था पनि छैन ।’

‘मैले कुनै फिल्मसँग जुधाउछु भनेर जय भोलको निर्माण गरेको होइन । फेरि एक दुईटा फिल्मसँग जुध्दैमा खासै आत्तिनुपर्ने अवस्था पनि छैन ।’

उता विगत केही वर्षदेखि सोलो मार्केट क्याप्चर गर्दै आएको छक्कापञ्जा ३ का निर्देशक दीपाश्री निरौला भने यसपटकको दशैं पनि आफ्नै पोल्टामा पार्ने रणनीतिमा रहेकी छिन् । उनी जयभोलेसँग मात्र होइन कुनै नेपाली चलचित्रसँग छक्कापञ्जा ३ जुधाउने योजनामा छैनन् । न त चलचित्रको रिलिज मिति सार्न नै उनी राजी छिन् । जनता समाचारसँगको कुराकानीमा निर्देशक दीपाश्रीले अशोक शर्मा जस्तो दिग्गज निर्देशकले फिल्म नजुधाउनेमा आफू विश्वस्त रहेको कुटनीतिक प्रतिक्रिया दिइन् । ‘हरेक वर्षको दशैंमा हामीले फिल्म रिलिज गर्दै आएकाछौं । त्यसैले यसपटक पनि दशैंमा अशोक दाइसँग छलफल गरेर छक्कापञ्जा ३ रिलिज गर्छौं’,दीपाले भनिन् ।

‘हरेक वर्षको दशैंमा हामीले फिल्म रिलिज गर्दै आएकाछौं । त्यसैले यसपटक पनि दशैंमा अशोक दाइसँग छलफल गरेर छक्कापञ्जा ३ रिलिज गर्छौं ।’

विगतमा आफूसँग जुधाउन आएका केही चलचित्रहरुको राइट्स नै किनेर छक्कापञ्जा चलाएका दीपाश्री र दीपकको समूहलाई यसपटक भने मुस्किल पर्ने देखिएको छ ।

अहिलेसम्मको मुड अनुसार जय भोलेका निर्देशक अशोक शर्मा कुनै पनि हालतमा छक्कापञ्जासँग नझुक्ने मनस्थितिमा छन् । नेपाली चलचित्र क्षेत्रमा बेलाबेलामा देखिने यस्ता छक्कापञ्जा अस्वभाविक होइन । तर जुङ्गाको लडाइमा दुवै चलचित्रको दुर्गति नहोस् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…

–अर्जुन थपलिया गान्धीले अहिंसात्मक आन्दोलनको सहारा लिए । जसलाई ‘सत्याग्रह’को नाम दिइयो । गान्धीले इष्टइन्डिया कम्पनीको बेलायती शासनबाट भारत स्वतन्त्र…