डोटीमा अनौठो घटना, गाडी साहुले नै चोरे मोटरसाइकल

रोजेन्द्र जोशी

डोटी । धेरैलाई लाग्न सक्छ, गाडी भएको व्यक्तिलाई मोटरसाइकलप्रति के चासो ? सुन्दा पनि अचम्म लाग्ने घटना यहाँ गाडी धनीले मोटरसाएकल चोरी गरेका छन् । धनगढी उपमहानगरपालिका १ बस्ने वर्ष २५ को चालक साजन रिजालले मोटरसाइकल चोरका हुन् ।

डोटीका डम्मर डौडीको से २ प ९६६१ नम्वरको पल्सर मोटर साइकल हराएपछि त्यसको खोजी गर्ने क्रममा गाडी धनी रिजालले चोरेको रहस्य खुलेको हो । सुदूरपश्चिम यातायतको ना ४ ख ८१३९ नम्वरको बसका धनी रिजालले मोटरसाइकल चाेर्न बसका सहचालक गोदावरी नगरपालिका ४ अत्तरिया बस्ने २४ वर्षीय लोकेशवहादुर शाहलाई समेत प्रयोग गरेको पुष्टि भएको छ ।

सिलगढी नगरपालिका वडा नम्बर ६ मा होटल व्यवसाय संचालन गर्दै आएका डौडीले आफन्तको घरआगनमा मोटरसाइकल राखे । मोटरसाईकल सिलगढीस्थित होटेलबाट चोरिएको हो । त्यसको केहीबेरमा मोटरसाइकल हरायो । पछि खोजी गर्दै जाँदा चोरी भएको मोटरसाईकल २ किलोमिटर टाढा सोमबार विहान पार्टपुर्जा खोलिएको अवस्थामा भेटिएको हो ।

त्यसबारेमा खानतलासी गर्दै जाँदा मोटरसाइकल गाडी धनी रिजालले चाेरेको पत्ता लागेको हो । मोटरसाइकल चाेर्ने गाडी धनी रिजाल र सहचालक शाहलाई प्रहरीले पक्राउ गरेको छ ।  बसलाई समेत कब्जामा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक धुव्र बिष्टले बताउनुभएको छ ।

 

 

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…

–अर्जुन थपलिया गान्धीले अहिंसात्मक आन्दोलनको सहारा लिए । जसलाई ‘सत्याग्रह’को नाम दिइयो । गान्धीले इष्टइन्डिया कम्पनीको बेलायती शासनबाट भारत स्वतन्त्र…