अभिनेता बुद्धि तामाङको संघर्षपूर्ण विगत र लोभलाग्दो वर्तमान

–इच्छा गुरुङ

कर्मको लेखान्त कसैले टार्न सक्दैन भन्ने उक्ति यसै भनिएको होइन भन्ने सन्दर्भ कलाकार बुद्धि तामाङलाई मिल्न जान्छ । काभ्रे पलाञ्चोक जिल्लाको हालको तेमाल गाउँपालिकामा जन्मिएका बुद्धिको सपना हरेक युवाको जस्तै शहर पसेर केही दाम कमाउ भन्ने नै थियो । त्यही सपनालाई पछ्याउदै शहर पसेका उनी महानगरको कहरभित्र यस्तरी डुबे कि त्यसबाट पार लगाउन उनले कुनै बखत पेट पाल्नकैलागि इट्टा भट्टामा काम गरे,होटलमा भाडा माझे,पत्रिका बेचे । आइपर्दा कुनै काम गर्न उनी पछि हटेनन् । त्यतिखेर उनको हिम्मतले साथ दिन्थ्यो उनलाई ।

कुनै बखत पेट पाल्नकैलागि इट्टा भट्टामा काम गरे,होटलमा भाडा माझे,पत्रिका बेचे । आइपर्दा कुनै काम गर्न उनी पछि हटेनन् । त्यतिखेर उनको हिम्मतले साथ दिन्थ्यो उनलाई ।

आफ्नो विगतप्रति उनको कुनै गुनासो छैन । भन्छन्–मैले ती दिनहरु नदेखेको हुँदो हो त,आजको यो दिनको महत्व कम हुन्थ्यो होला ।

ती दिनहरुमा सुख भन्दा दुख नै बढि थिए । तर दुखलाई पनि हाँसीहाँसी अंगालेका बुद्धि अहिले परिपक्क बनिसकेका छन् । कलाकारिता क्षेत्रमा उनले बेग्लै पहिचान र उचाइ बनाइसकेका छन् । यो सबै उनको संघर्ष,मिहिनेत र प्रतिभाको परिणाम हो । नाटकमा सानैबाट रुचि भएका बुद्धिको नाट्यकर्मीहरुको संगत बढेसंगै उनले पनि यही विधालाई कर्मथलो बनाए । नाटक,टेलिफिल्म हुदै नेपाली चलचित्रमा लागेका उनी केही वर्षमै स्थापित बनिसकेका छन् । जिरेखुर्सानी टेलिफिल्ममा उनको अभिनयसँगै उनले बोल्ने हैट भन्ने थेगो रातारात हिट बन्यो । अझै पनि उनलाई बुद्धि तामाङ भन्दा बढी हैट उपनामले चिन्ने दर्शकको संख्या बढी छन् ।

हाँस्य विधामा जमेका बुद्धि पर्दामा जति रसिला देखिन्छन् रियलमा भने लजालु स्वभावका छन् । जनता टेलिभिजनको कार्यक्रम सेलिब्रटी किचनमा कुराकानी गर्दै बुद्धिले पछिल्लो समय ब्याक टु ब्याक चलचित्रहरु आउदा दर्शकहरुलाई झर्को लाग्ने हो कि भन्ने डर लाग्ने बताए ।

साँच्चिकै भन्नुपर्दा उनको अहिलेको क्रेज र व्यस्तत कुनै सुपरस्टारको भन्दा कम छैन । एकातिर शुटिङ,अर्कोतिर प्रदर्शन हुन लागेको चलचित्रको प्रोमोशन–भ्याइ नभ्याइ छ । उनको डेट कुरेर बसेका निर्माता,निर्देशकहरुको संख्या पनि ठूलै छ । आफूलाई विश्वास र माया गरेर आएका प्रायः चलचित्रहरु सम्भव भएसम्म खेलिदिन्छन् उनी । तर अब भने छानेर मात्र गर्नुपर्छ कि भन्ने उनको चेतनाले पनि घच्घच्याउन थालेको छ ।

आफूलाई विश्वास र माया गरेर आएका प्रायः चलचित्रहरु सम्भव भएसम्म खेलिदिन्छन् उनी । तर अब भने छानेर मात्र गर्नुपर्छ कि भन्ने उनको चेतनाले पनि घच्घच्याउन थालेको छ ।

प्रायः चलचित्रमा उनी ४५ बर्ष बढिको चरित्रमा देखिन्छन् । तर बुद्धि आफु भने भर्खर ३५ पुगेको बताउछन् । कहिलेकाहीं बूढो हुँदै गएको अनुभूति भने हुने गरेको उनले सुनाए ।

हालसम्म उनी अविवाहित नै छन् । किन ? भन्ने प्रश्नमा उनले सबैलाई दिने साझा जवाफ यस्तो छ–पहिले संघर्ष गर्दै बित्यो,त्यता सोच्ने फुर्सद नै भएन । तर अब भने विवाह गर्नुपर्छ भन्ने लाग्न थालेको छ ।

बढ्दो उमेरसँगै अब विवाह गर्नुपर्छ भन्ने सोंचमा पुगे पनि कहिले र कोसँग भन्ने तय हुन भने बाँकी रहेको उनी बताउछन् । तर विवाह भने मागेर र सगुन पोङ राखेरै गर्ने आफ्नो योजना समेत उनले सुनाए ।

 

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…

–अर्जुन थपलिया गान्धीले अहिंसात्मक आन्दोलनको सहारा लिए । जसलाई ‘सत्याग्रह’को नाम दिइयो । गान्धीले इष्टइन्डिया कम्पनीको बेलायती शासनबाट भारत स्वतन्त्र…