आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग

खोटाङ ।  जिल्ला बाल कल्याण समिति खोटाङले आमाबुबा गुमाएका एकैघरका तीनजना बालबालिकाको पठनपाठनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आमाबाबु दुवैको मृत्यु भएपछि विचल्लीमा परेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी १४ वर्षीया सविना राई, ११ वर्षीया तोयामी राई र ८ वर्षीय नौतन राईलाई पठनपाठनका लागि रु १५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

आमाबाबुविहीन बनेपछि नजिकको आफन्त शरणकुमार राईको शरणमा बसिरहेका बालबालिकालाई जिल्ला बाल कल्याण समितिले शैक्षिक क्रियाकलापका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आमा इन्द्रकला राईको २०७२ सालमा तथा बुबा शिवकुमार राईको गत मंसिर २९ गते मृत्यु भएपछि ती बालबालिका विचल्लीमा परेका हुन् ।

शैक्षिक सहयोगका लागि परेको निवेदनका आधारमा तीन बालबालिकालाई सहयोग गर्ने निर्णय गरिएको महिला तथा बालबालिका कार्यालय खोटाङकी निमित्त प्रमुख भुवन राईले बताउनुभयो ।

अभिभावकविहीन बनेकी सविना काठमाडौँमा, तोयामी इटहरीमा र नौतनलाई झापामा आफन्तको घरमा राखेर संरक्षण प्रदान गरिएको बताइएको छ ।

यसैगरी जिल्ला बाल कल्याण समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुढेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयमा अध्ययन गरिरहेका सुस्तमनस्थितिका छात्र÷छात्राको आवास व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

हाल एउटै कोठामा बसिरहेका कोठा पाटेसन गर्ने, काठको फ्लोरिङ गर्ने, लगाउने कपडा उपलब्ध गराउनेलगायतका लागि रु २५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

सुस्तमनस्थिति छात्र÷छात्राको आवास व्यवस्थापन, दृष्टिविहीन र बहिरा छात्र÷छात्राको सहयोगका लागि सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयका प्रमुख ठाकुर दाहाल र महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख राईलाई जिम्मेवारी दिइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

तीर्थ न्याैपाने, टिप्पणी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आन्तरिक विवादमा रुमलिइरहेको बेला पूर्वमहामन्त्री प्रकाशमान सिंहले र पूर्वराजा ज्ञानेन्द्रबीच भेटघाट भएको छ…

खेम बम काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोडारीलाई बर्खास्त गरिएसँगै विभिन्न खाले बिषय सार्वजनिक हूँदै गएका छन्…

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक २ हजार ८ सय प्रहरी जवानको सरुवा गरेको छ । सरुवा भएका प्रहरी जवानले…

अमेरिका । उत्तरी क्यालिफोर्नियाको जंगलमा भएको आगलागीमा मर्नेको संख्या ४४ पुगेको छ । यो आगलागी इतिहासमै सबैभन्दा ठूलो आगलागी भएको…

काठमाडौंं । प्रधानमन्त्री केपी ओलीले कार्यमा फरक शैली अपनाउनु भएको छ । उहाँले अहिलेसम्म कुनै प्रधानमन्त्रीले नगरेको काम समेत गर्न थाल्नु…

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलार्इ  पद तथा गाेपनीयताकाे शपथ  गराउँदै मुख्यमन्त्री त्रिलाेचन भट्ट,  तस्बिर भीम चाैधरी तीर्थ न्याैपाने काठमाडौं ।…