प्रमोद कुमार साह
जनकपुर । मुलुक छुवाछुत मुक्त भएको एक दशक पुग्न लाग्दा अहिले पनि पुर्णरुपमा मुक्त हुन सकेको छैन ।
तर छुवाछुतको नाउमा दलितमाथि प्रतान्डना दिनेलाई महोत्तरी जिल्ला अदालतले पिडकलाई चोटिलो प्रहार गर्दै जेल सजाय देखि लिएर क्षतिपुर्ति सम्मको महोत्तरी जिल्लामैै पहिलो चोटी ऐतिहासीक निर्णय सुनाएपछि छुवाछुतलाई निर्मुल हुने संकेत देखिएको छ ।
घटना हो महोत्तरी जिल्ला वर्दिवास नगरपालिका ४ भप्सी टोलको । वुधमाया विश्वकर्माकी १६ वर्षीय छोरी मनिषा विश्वकर्माले त्यहिका सार्वजनिक धारामा पानि भर्न जादा सोहि ठाउकै कमला गिरीकी छोरी दिपीका गिरीले पानी किन छोइस भनेर कुटपिट गरेकी थिइन ।
मंगलवार मानवअधिकार तथा समाजिक विकास परियोजना जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मनिषाले भनिन । धाराको पानी छोएको निहुमा दिपिका की आमा कमला गिरीले पनि छोरीलाई नसम्झाएर मलाई नै तथानाम गाली गर्दै लछारपछार गर्दै कुटिन । पछि यो घटनाको वारेमा आमाले कमला गिरीलाई भन्न जादा आमालाई पनि वेस्सरी कुटेको दुखेसो सुनाईन । यस घटनाबाट न्याय पाउन ४ नम्बर वडाका अधयक्ष दिप वहादुर कार्कीलाई सुनाउदा पनि नटेरेको वताईन ।
स्थानीय प्रदिप रसाईलीका अनुसार वडा अध्यक्ष कार्कीले यो घटनालाई यहाँ मिलाउन नसकीने भन्दै बच्चाले कुटेकोले बच्चालाई कुनै केस नलाग्ने भनेर पठाएको दुखेसो सुनाए । 'उनले भने' दुर्गा वहादुर नाम गरेको हवलदारले यस किसीमका घटना अझै २०-२५ वर्ष सम्म घटने भएकोले कुनै नौलो नरहेको बताए ।
केही नलागेपछि विश्वकर्मा समाजका प्रदेश अध्यक्ष मिन रहपाल,मानवअधिकार तथा समाजिक विकास परियोजनाको रोहवरमा प्रहरी कार्यालयमा निवदेन दिए ।
घटना घटेको ३ महिना पछि असार २४ गते महोत्तरी जिल्ला अदालतले घटनामा संलग्न कमला गिरीलाई ६ महिना कैद,१० हजार जरिवाना र पचास हजार क्षतिपुर्ति तथा सोहि घटनामा संलग्न रहेको रामवावु दाहाल नावालक रहेकोले ३ महिनाको कैद सजायको निर्णय गरेर पिडीत विश्वकर्मालाई न्याय दिलाएको छ ।