हिंसापीडित महिला र बालबालिकाका लागि ‘सेफ हाउस’

कञ्चनपुर । भीमदत्त नगरपालिकामा हिंसापीडित महिला र बालबालिकाका लागि अल्पकालीन नगर सेवा केन्द्र, सेफ हाउस सञ्चालन गरिएको छ ।

भीमदत्त नगरपालिका कार्यालयको सहयोगमा शुभलक्ष्मी महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भीनपा–४ कवर्ड हल नजिक सेफ हाउस सञ्चालन गरिएको हो । सञ्चालनमा आएको सेफ हाउस सञ्चालनका लागि दुई कर्मचारी राखिएका छन् । भीमदत्त नगरपालिकाले सेफ हाउसका लागि सहकारीलाई अनुदान दिने सम्झौता गरिएको छ ।

सेफ हाउसले हिंसामा परेका महिला र बालबालिकालाई समस्यामा परेको बेलामा राहत दिने नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहले बताउनुभयो । भीनपाको महिला तथा बालबालिका समाज कल्याण उपशाखा प्रमुख डम्मरा पन्त लेखकले हिंसामा परेका महिला र बालबालिकालाई न्याय नपाएर समाजमा पुनःस्थापन नहुँदासम्म सेफ हाउसमा राखिने बताउनुभयो ।

अल्पकालीन नगर सेवा केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि २०७४ का आधारमा सञ्चालन गरिएको सेफ हाउसका लागि असारसम्म अनुदान दिने सम्झौता गरिएको छ ।

यसअघि महिला तथा बालबालिका कार्यालयको अनुदानमा कार्यालय नजिक सेफ हाउस सञ्चालनमा थियो । स्थानीय तह निर्वाचनपछि विषयगत कार्यालय स्थानीय तहमा आएपछि आर्थिक स्रोत नभएर सेफ हाउस बन्द गरिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…