प्रदेश नम्बर–२ को संसद भवन घेराउ किन ? कारण यस्तो छ

जनकपुरधाम । प्रहरी ऐन संशोधनको माग गर्दै दलित समुदायका प्रतिनिधिले प्रदेश २ को संसद भवन घेराउ गरेका छन् ।

प्रहरी ऐन संशोधन गर्न तथा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गराउन माग गर्दै प्रदेशसभा घेराउ गरेका हुन् । उनीहरुले प्रदेशसभा बैठकमा लागि आएका सांसद तथा मन्त्रीहरुलाई प्रवेशद्वार मै रोकेका थिए ।

घेराउमा पर्नेहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, कृषिमन्त्री योगेन्द्र यादव प्रदेशसभाको प्रवेशद्वार मै अड्किएका थिए । उनीहरुले आफ्ना माग सम्बोधन गर्न मन्त्रीहरुलाई आग्रह गरेपछि आन्तरिक मामिलामन्त्री यादवले दलित समूदायको माग प्रति प्रदेश सरकार सकारात्मक रहेको बताए ।

यसैबीच विरोध कार्यक्रमको नेतृत्व गर्दै गएका राष्ट्रियसभा सदस्य रामप्रित पासवानमाथि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । घेराउका कारण तीन बजे शुरु हुने भनिएको प्रदेशसभा बैठक ढिलो गरि सुरु भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…