शिक्षण अस्पतालका चिकित्सक शुक्रबारदेखि सडक आन्दोलनमा उत्रिने

काठमाडौं । काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालका चिकित्सकहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन शुक्रबारबाट सडक आन्दोलन सुरु गर्ने भएका छन ।

शिक्षण अस्पतालका चिकित्सकहरुले बुधबार अस्पताल परिसरमै एक कार्यक्रमको आयोजना गरी वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन २४ घण्टा भित्र नभए शुक्रबारबाट अस्पतालको मूल गेटमा ताला लगाएर काठमाडौंको माईतीघर मण्डलामा सर्वसाधारणको उपचारसहित विरोध प्रर्दशन गर्ने चेतावनी दिएका हुन । देशका सबै भूभागमा स्वास्थ्य उपचारको व्यवस्था होस भनेर आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न तयार नभएपछि सरकारविरुद्ध सडकमै उपचार गर्न जानुपर्ने अवस्था आएको डा. सन्तोष उपाध्यायले बताउनुभयो ।

चिकित्सकहरुले वरिष्ठ चिकित्सक केसीसँग पटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको आफूहरु घोर विरोधी रहेको पनि स्पष्ट पारेका छन । उनीहरुले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी…

मेषः सुखद यात्रा होला । परिवारबाट प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला । वृषः जाँगर तथा जोश बढ्नेछ…

काठमाडौं । भारत नीति आयोगका उपाध्यक्ष डा. राजीव कुमारले भारत र नेपालको सडक, रेल र हवाइसञ्जाल सञ्चालनमा समन्वय आवश्यक रहेको…

काठमाडौं । लालटिन नेपालका कलाकारहरुको अभिनय रहेको नाटक बोक्सी उद्योग कुञ्ज थियटरमा असोज ५ गतेबाट प्रदर्शनमा छ । आइतबारबाहेक हप्तामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले आयोजनाको सिमेन्ट बेचेका छन् । आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याएको ३…

मेष राशिः साता राम्रै होला । सुखद यात्रा गर्नुपर्ला । परिवारबाट सहयोग प्राप्त होला । मानसम्मान बढ्दा मनमा हर्ष होला…