थप ५० हजारलाई सक्रिय सदस्य बनाउने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी तथा प्रदेश अध्यक्षहरूको संयुक्त बैठकले आगामी मंसिर मसान्तसम्म थप ५० हजार सक्रिय सदस्य बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा मंगलबार शुरु भएको उक्त बैठकले आगामी चैत मसान्तभित्र प्रदेश अधिवेशन र संयोजित संगठनहरूको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

पार्टीले आगामी पुस मसान्तभित्र गाउँ÷नगरपालिकाको वडा तहसम्म कार्यसमिति गठन तथा पुनःगठन गरी २०७६ भदौ १५ गतेभित्र प्रदेशस्तरीय प्रशिक्षण र भेला आयोजना गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी आगामी पुस मसान्तभित्र संयोजित संगठनहरूको गाउँ तहसम्म कार्यसमिति गठन गर्ने र २०७६ साउनभित्र हिन्दुराष्ट्र पुनःस्थापनार्थ राष्ट्रिय जनजागरण अभियानको प्रदेशस्तरीय कार्यक्रम शुरु गर्ने निर्णय पनि भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…