–इच्छा गुरुङ
युरिन इन्फेक्सन पुरुष तथा महिला दुबैलाई हुने एक समस्या हो । मुत्रासयमा ब्याक्टेरियाको संक्रमण बढदै गएपछि युरिन इन्फेक्सन हुने गर्दछ । हामीले प्रयोग गर्ने शौचालयको माध्यमबाट बढि युरिन इन्फेक्सन हुने चिकित्सकहरु बताउछन् । तुलनात्मक रुपमा बालबालिकालाई भन्दा वयस्कलाई बढि युरिन इन्फेक्सन हुने गरेको पाइएको छ ।
मानिस कुन बेला अस्वस्थ हुन्छ र इन्फेक्सन क–कसलाई हुन्छ भनेर भनिरहदा महिलाहरुलाई अधिक युरिन इन्फेक्सन हुने गरेको छ । किनकी महिलाहरुको मुत्र मार्ग छोटो हुन्छ,जसको कारण ब्याक्टेरिया सजिलैसँग भित्री भागसम्म पुग्ने गर्दछ । त्यसैले महिलाहरुमा युरिन इन्फेक्सनको खतरा बढि हुने अध्ययनले देखाएको छ ।
युरिन इन्फेक्सन मुत्रमार्गमा हुने संक्रमण हो । यदि तपाई धेरै लामो समयसम्म पिसाब रोकी बस्नु हुन्छ भने मुत्राशयमा इकोली नामको ब्याक्टेरिया जम्मा हुदै गएर समस्या देखिन थाल्दछ । युरिन इन्फेक्सन हुनसाथ आतिनुभन्दा पनि सहि उपचारतर्फ लाग्नु बुद्धिमानी हुन्छ । युरिन इन्फेक्सन बढदै गए बिस्तारै किड्नीमा समस्या हुन सक्छ । तसर्थ समयमै उपचार गरे रोगको उपचार सम्भव छ ।
युरिन इन्फेक्सनको लक्षण
-पिसाबको रंग सामन्य भन्दा गाढा रंगको हुनु ।
-पटक पटक पिसाब आउनु ।
-पिसाब गर्दा पोल्नु ।
-पिसाबमा गन्ध आउनु ।
-गुप्तांग चिलाउनु ।
-कम्मरभन्दा मूनिको भाग दुख्नु ।
-ज्वरो आउनु ।
-शरीरमा छटपटी हुनु,वान्ता आउला जस्तो हुनु ।
- पिसाबमा रगत देखिनु ।
-पिसाब फेर्दा रोकावट आउनु,रोकिइ रोकिइ पिसाब आउनु ।
युरिन इन्फेक्सनको कारण
- धेरै लामो समयसम्म पिसाब रोकी बस्नु ।
- लामो समयदेखि मधुमेहको बिरामी रहेकोलाई युरिन इन्फेक्सन हुन्छ ।
- शरीरमा पानीको मात्रा कम भएमा ।
-गर्भअवस्थामा मुत्राशयमा अत्याधिक युरिन इन्फेक्सनको खतरा हुन्छ ।
- मुख्य मेरुदण्डमा चोट लागेको अवस्थामा ।
- गुप्तांग सफा नराखेमा ।
-महिलाहरुले महिनावरीको समयमा युरिन इन्फेक्सन हुने गर्दछ ।
- पखला धेरै लागेमा ।
- पत्थरीको समस्या भएमा ।
-एन्टिबायोटिक औषधिको प्रयोग बढि गरेमा ।
युरिन इन्फेक्सनको घरेलु उपचार
-धेरै पानी पिउनु पर्दछ । सबै रोगको निदानको लागि सबै भन्दा सहज उपाय पानी धेरै पिउनु नै मानिन्छ । धेरै पानी पिएपछि पिसाबको माध्यमबाट नकारात्मक तत्वहरु जाने हँुदा ब्याक्टेरिया जम्मा हुन पाउदैन र युरिन इन्फेक्सनको खतरा रहदैन ।
- युरिन इन्फेक्सनको बिरामीले हट ब्यागले दुखाई भएको स्थानमा सेकेमा दुखाई कम हुन्छ ।
-युरिन इन्फेक्सनको लागि बेकिङ सोडाको प्रयोग उपयोगी मानिन्छ । बेकिङ सोडामा एसीड पाइने हुदा शरीरमा एसिडको मात्रा बढाउदछ । जसले पिसाब फेर्दा हुने जलनलाई कम गर्दछ । तसर्थ युरिन इन्फेक्सन हुँदा दिनको दुई पटक एक गिलास पानीमा एक चम्चा बेकिङ सोडा घोलेर पिउदा फाइदा गर्दछ ।
- युरिन इन्फेक्सनको मूख्य कारण जीवाणु भएको हुदा उक्त जीवाणु नाशकको रुपमा लसुनको प्रयोग लाभदायक मानिन्छ । तसर्थ दैनिक ३,४ वटा लसुनको पेष्ट बनाएर खानासँग खान सकिन्छ ।
-स्याउको जुसमा एन्जाइम पाइने हुदा स्याउको प्रयोगले युरिन इन्फेक्सन हुदा लाभ पुर्याउदछ ।
-अमिलो फलफूलमा सिट्रिक एसिड पाइने र उक्त एसिडले ब्याक्टेरियालाई नष्ट गर्ने हुँदा अमिलो फलफूल अमला, निबुवा आदि खानु फायदाजनक हुन्छ ।
-भुइँकटहरको जुस युरिन इन्फेक्सनको लागि उपयोगी छ । यसको प्रयोगले गुप्तांगमा हुने ब्याक्टेरियालाइ नष्ट गर्न सहयोग गर्दछ ।
- चन्दनको प्रयोगबाट गुप्तांगमा हुने इन्फेक्सनबाट मुक्त हुन सकिन्छ ।
उल्लेखित घरेलु उपायका साथै चिकित्सको परामर्श लिन भने भुल्नु हुन्न ।
एजेन्सीको सहयोगमा