२०७५ साल साउन २० गतेको राशिफल

मेष राशि
दिन अनुकूल भएर बित्ला । सहयोगीहरूले सहयोग गरिदेलान् । गरेका काम सफल होलान् धनमाल वस्तुहरु प्राप्त होला । मित्रजनबाट सहयोग मिल्ला ।
वृष राशि
ब्यथा खर्च हुने दिन रहला । लेनदेनमा जनिकका व्यक्तिहरुसँग मनमुटाब होला । नसोचेका व्यक्तिहरुबाट अपमान व्यहोर्नु पर्ला । मनमा अशान्ति रहला । आरोप लाग्ला ।
मिथुन राशि
शुभ समाचार प्राप्त होला । परोपकार गर्ने मौका मिल्ला । सहयोगी भावना विकास होलान् । अलंकार प्राप्त होलान् । आफन्तहरुले साथ देलान् ।
कर्कट राशि
मान्यजनबाट आशिर्वाद प्राप्त होला । धनमाल बस्तुहरु प्राप्त होलान् । कार्य तथा व्यवसायबाट लाभ होला । शुभकार्य गर्ने अवसर मिल्ला ।
सिंह राशि
समय प्रतिकूल रहला । स्थान परिवर्तन गर्नुपर्ला । राज्यपक्षबाट सहयोग नहोला । आम्दानीभन्दा खर्च बढी होला । धैर्यपूर्वक गरेका काम मात्र सफल होलान् ।
कन्या राशि
दिन केही संघर्षपूर्ण रहला । थालेका काम बीचैमा अपुरा होलान् । आम्दानीका लागि धेरै संघर्ष गर्नु पर्ला । कष्टपूर्ण यात्रा होला । प्रतिकुलताका वावजुत पनि केही सफलता भने होला ।
तुला राशि
सहयोगी मानिसबाट सफल प्राप्त होला । नसोचेका कामहरू बन्लान् । लाभकारी यात्रा सुरुवात होला । व्यापार व्यवसायबाट मनग्य आम्दानी होला । विरोधीहरु निष्क्रिय होलान् । गरेका काम सफल होलान् ।
वृश्चिक राशि
विरोधीहरु निष्क्रिय हुँदै जालान् । उद्योगधन्दाबाट गरेका काम सम्पन्न होलान् । मानसम्मान पनि बढेर जाला । समयअनुकूल भएर बित्ला ।
धनु राशि
दिन केही प्रतिकुल रहला । गरेका काम बिग्रेला । परिवारबाट नसोचेका क्षेत्रमा आर्थिक क्षति होला । कार्य गर्न आवश्यक जगरुकता नहोला । शरीर त्यसै आलस्य रहला । पठनपाठनमा प्रगति नहोला ।
मकर राशि
दिन केही सामान्य होला । धन आम्दानी होला । मिष्ठान्न भोजन प्राप्त होला । परिवारका सदस्यहरुले विशिष्ट कार्यमा प्रगति गर्लान् । नसोचेको क्षेत्रबाट सहयोग होला । आर्थिक आम्दानीका नयाँ बाटो पत्ता लाग्ला ।
कुम्भ राशि
अपरान्न पछिको दिन राम्रो रहला । सहकर्मीले साथ देलान् नसोचेको ठाउँबाट प्राप्त होला । सम्मान बढेर जाला ।
मीन राशि
आफन्तबाट धोका मिल्ला । पठनपाठनमा प्रगति होला । मन असन्तोष रहला । आलस्यताले काम बिग्रेला ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…