कथाः समर्पणमा घात

–हार्दिकता अन्जान
आहा ! कस्तो लोभलाग्दो जोडी ! अन्तर्जातीय विवाह गरेका यो जोडीले संघर्ष गरेर नै भए पनि आफ्नो प्रेम चीरस्थायी बनाउने कोशिस गरिरहेका थिए । उनीहरुको संघर्ष देख्दा सबैको आँखा रसाउँछन् ।

भर्खर २५ वर्षे उमेरको केटो स्नातकोत्तरमा अध्ययन गर्दागर्दै मायाजालमा प¥यो, समय र परिस्थिति दुईजना असाध्य मिल्ने साथी आज जीवनसाथी भएका छन् । उनीहरुको प्रेम लोभलाग्दो छ, उनीहरु परिश्रमी पनि छन् । परिवारविरुद्ध गएर जीवनसाथी रोज्नाले दुवैले दुःख पाएका छन् । व्यापार गरौँ लगानी छैन, जागिर गरौँ, यो चाकडी र चाप्लुसीको संसारमा उसलाई कसैले पत्याउँदैन, केही सीप नलागेपछि उसले घर बनाउने, बालुवा बोक्ने, काम गर्न थाल्छ ।

परिस्थिति दुई जीउकी हुन्छे, जेनतेन परिवार काठमाडौंको महंगीमा उनीहरुको गुजारा चलिरहेको छ । यतिकैमा समय बिरामी हुन्छ, अस्पतालमा चेकअप गराउँदा केटाको दुईवटै मृगौला फेल भएको सूचना आएकाले काम गर्नु पर्ने मान्छे नै बिरामी भएकाले के गर्ने भनेर परिस्थिति सोचमग्न भई । पति समयको उपचार, बच्चाको सकुशल अवतरणको जिम्मेवारी अब उसको काँधमा आयो ।

यतिकैमा उसले सोची, ‘अहिले मेरो अवस्था पेटको बच्चा वा जीउँदो जिउँदो श्रीमान् रोज्नुपर्ने हुन्छ, अब बच्चाको एबोर्सन गराउँछु र श्रीमान्को उपचारमा लाग्छु ।’ परिस्थिति पतिको उपचारका लागि नगद जम्मा गर्न माइतीमा शरण लिन पुगी, हारगुहार गरी । रोई कराई गरेपछि बाबुको कलेजो काटियो र बसेको घर जमानत राखेर केही पैसा जम्मा जुटाएर पठाए, पेटको बच्चाको त्याग गरेर, केही समय आरामपछि आफ्नो समयका लागि कसरी पहिलेजस्तो स्वस्थ बनाउन सकिन्छ भन्नेतिर मात्र सोचेर हिँड्न लागि ।

यतिकैमा एकदिन श्रीमान्लाई बिमारले च्यापेपछि, उसले डाक्टरलाई भेटी र भनी, ‘डाक्टरसाब श्रीमान्लाई जसरी पनि बचाउन चाहन्छु, मृगौला दिएर उहाँलाई जीवनदान गर्न चाहन्छु, यसका लागि के गर्नुपर्छ, कृपया बताइदिनुहोस् ।’ आउनुहोस्, हेरौँ भनेपछि, तपाईं भाग्यमानी हुनुहुन्छ, समयजी, तपाईलाई परिस्थितिको मृगौला राख्न मिल्ने भो, अब तपाईंको भोलि नै शल्यक्रिया हुन्छ ।’ डाक्टरले यति भन्नेबित्तिकै समयका चिम्लिएका आँखा विस्तारै खुले, मधुरो स्वरमा बोल्योः हजुर ।

दोश्रो दिन शल्यक्रियाका लागि सबै तयार भए, परिस्थितिका बाबुआमा मात्र समयका अघिपछि देखेपछि समयका आँखा रसाउँछन्, उसले आफ्ना परिवारका कोही पनि देख्दैन, त्यसपछि, परिस्थितिका बाबुआमाले सान्त्वना दिन्छन् । केही समयपछि समय र परिस्थिति शल्यक्रिया कक्षमा पुगे । शल्यक्रिया सफल पनि भयो । श्रीमतीलाई होसमा आउन दुईदिन लाग्यो, तर समय शल्यक्रियाको करिब ३ घण्टामै होसमा आए । क्रमशः स्वास्थ्य सुधार हुँदै गयो ।

हेर्दाहेर्दै समय बलवान हुँदै गयो, पूर्णरुपमा ठीक भयो । श्रीमतीले जेनतेन गरेर औषधि र साँझबिहान गुजारा चलाउने काममा जुटिरहेकी थिई, श्रीमान्को लोकसेवा आयोग लढेर सरकारी जागिर खाने चाहना पूरा गर्न मजदुरी गर्दै उसको फिसमेत पु¥याइरहेकी थिई । समयले पनि औषधि खर्च, पढाइ खर्च, घरखर्च जुटाउन प्यारीले गरिरहेको दुःख सम्झेर निकै मिहेनेत गरिरहेको थियो । परीक्षाको घडी आयो, समय परीक्षामा बस्यो, परीक्षा राम्रो भएकाले निकै खुसी हुँदै घर आयो ।

त्यसपछि उसले बस्ने कोठानजिकै एउटा निजी स्कुलमा पढाउने काम पायो, अब परिस्थितिलाई खर्च व्यवस्थापनमा केही सहज भइरहेको थियो । लोकसेवाको नतिजा प्रकाशन हुन समय लाग्ने भएकाले उनीहरु अब थोरै खर्चमा माया बाँढिरहेका थिए । दुवै एकअर्काप्रति निकै प्रभावित थिए । श्रीमानको स्वास्थ्यप्रति परिस्थिति निकै गम्भीर थिई ।

समय बित्दै जाँदा लोकसेवाको नतिजा प्रकाशन भयो, समयको नाम एक नम्बरमा नै निस्कियो । अब अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा तयारीमा जुट्यो । उसको परिवारले सोचेको जस्तो नतिजा पाउँदा उनीहरु स्वर्गको ढोका खुलेजस्तो महसुस गरिरहेका थिए । सुखका दिन आए । जब अधिकृतमा नाम निस्कियो । सरकारी जागीर शुरु भयो, श्रीमती मजदुरीबाट तरकारी व्यापारतिर लागी, ऊ पनि निकै खुसी थिई । उनीहरुको परिवार साँच्चै दुःखसुख पार गर्दै त्यहाँसम्म आइपुगेका थिए ।

अब उनीहरुका दिन सुध्रेका थिए । पारिलो घाम लाग्दै थियो । परिस्थिति पहिलो बच्चाको अपशोच मनाउँदै दोश्रो बच्चा चाहना गरिरहेकी थिई, श्रीमान्को काम राम्रो चलिरहेको थियो । यतिकैमा समयको सरुवा भएर दुर्गम जाने कुरा आयो । यो कुरामा परिस्थिति निकै दुःखी भई किनकी समयको नियमित औषधि खानुपर्ने समस्या, आफ्नो तरकारी व्यापार, त्यसमाथि उसको सन्तानको चाहना ।

समयले उसलाई निकैबेर लगाएर सम्झायो, ‘ठीकै छ, अब दुईवर्ष त हो, त्यसपछि त सँगै भइहालिन्छ नि भन्दै चित्त बुझाइ र भनी ठीकै छ, आफ्नो कर्तव्यको पालना गर्नुहोस्, म प्रतीक्षामा रहनेछु ।’ हेर्दाहेर्दै समय गएको पनि वर्षदिन बितेछ, गएको केही महिना त फोन आउँथ्यो, अहिले उसको फोन आउन छाडेको छ, परिस्थति निकै चिन्तित छ । आजभोलि, उसको केही खबर छैन, फोन गरेको पनि उठ्दैन, लाग्दैन, उताबाट पनि फोन उठ्दैन । परिस्थितिलाई निकै चिन्ता लाग्छ, उसले प्राण दिएर बचाएको श्रीमान्, औषधिको भरमा बाँचिरहेको मान्छे, आजभोलि के भइरहेको छ, किन फोन लाग्दैन, उठ्दैन र उताबाट पनि आउँदैन, यो कुराले उसलाई निकै सताइरहेको छ ।

समय र परिस्थितिको भेटघाट नभएको करिब १५ महिना भइसकेको छ, अब उनीहरुबीच फोनमा आदानप्रदान पनि भइरहेको छैन, यतिकैमा उसले नयाँ खबर पाउँछे । जहाँ समयले दोश्रो बिहे गरी छोरा जन्मिएको खबरले परिस्थिति बेहोस हुन्छे । उसलाई हृदयघात हुन्छ र यो खबर समयको कानमा पुग्दछ, समय हतार गरी त्यस ठाउँमा पुग्दा परिस्थितिको मृत्यु भइसकेको हुन्छ ।

–सैनामैना–३, रुपन्देही, हाल बालकोट, भक्तपुर

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…

काठमाडौं । युक्रेनबाट पर्यटक भिसामा आएर काठमाडौंमा पिपुल वर्क ग्रुप सञ्चालन गरी एकजोडीले ६ सय भन्दा बढी युवालाई ठगी प्रयास…

रञ्जन भण्डारी महोत्तरी । ‘५ वर्षीय छोरा अझै पनि बुबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छ,’ थमन विककी पत्नी शोभाले भन्नुभयो, ‘मसँग…

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…