एजेन्सी । कन्डम,सुरक्षित यौनसम्पर्ककालागि प्रयोग हुदै आएको परिवार नियोजनको भरपर्दो र सर्वप्रिय साधान हो । आधुनिक युगसंगै बिभिन्न यौनजन्य रोगहरुबाट बच्न यसको प्रयोग अपरिहार्य भएको ठहर गर्दै अन्तराष्ट्रिय स्तरबाटै जनचेतनामुलक कार्यक्रमहरु समेत हुदै आएका छन् । कन्डमको इतिहास १५ हजार वर्ष पुरानो रहेको पाइएको छ ।
प्रस्तुत छ कण्डमसँग सम्बन्धित केही रोचक तथ्यहरु :
१. कन्डम शब्द ल्याटिन भाषा कन्डस शब्दबाट आएको हो । कन्डस शब्दको अर्थ सन्दुक हो ।
२. एउटा कन्डम भित्र १ ग्यालिनसम्म पानी अट्ने क्षमता हुन्छ ।
३. संसारमा सबैभन्दा धेरै कन्डमको प्रयोग दक्षिण अफ्रिकामा हुने गर्दछ ।
४. भ्यालेन्टाइन डे को दिन संसारभर कन्डमको बिक्री ३० प्रतिशतले बृद्धि हुने गरेको एक अध्ययनले देखाएको छ ।
५. सबैभन्दा पुरानो कन्डम स्वीडेनमा पाइएको छ ।
६. पुरुषले भन्दा महिलाले बढि कन्डम खरिद गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
७. लगभग १३५० ई.पू जनवरीको अन्तबाट कन्डम बनाउन शुरु गरिएको हो ।
८. अष्ट्रेलियाको नियम अनुसार १६ बर्ष मुनिकाले कन्डम खरिद गर्न पाउदैनन् ।
९. संसारभरिमा एक बर्षमा लगभग ५ अर्ब भन्दा धेरै कन्डम प्रयोग गरिन्छ ।
१०. कन्डमको इतिहास १५ सय बर्ष पुरानो मानिएको छ । किनकी फ्रान्सको एक गुफा कन्डम आकारको रहेको छ ।
११. कन्डम बनाउने समयमा कन्डम भित्र प्वाल परेको छ वा छैन भनेर जाँच्नको लागि इलेक्ट्रिक करेन्ट छोड्ने गरिन्छ ।
१२. पछिल्लो समय न्ंडम पुरुषको लागि मात्र नभई महिलाको लागि समेत बनाइएको छ ।