देउवालाई पौडेल र सिटौलाको ‘सांकेतिक’ चेतावनी

नौसदस्यीय विधान मस्यौदा संशोधन समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गगन थापा र कृष्णप्रसाद सिटौला पक्षले प्रदीप गिरिको नाम सिफारिस गर्ने तयारी गरेको बुझिएको छ

–पुष्पा केसी
काठमाडौं । नेपाली कांग्रेसले भदौका लागि तय गरेको महासमिति बैठक सर्ने सम्भावना बढेको छ । विधान संशोधन मस्यौदा समिति गठन नभएकाले महासमिति बैठक सर्ने सम्भावना बढेको हो । कांग्रेसले भदौमा गर्ने भनेको महासमिति बैठक मिति नटुङ्गिनुमा विधान मस्यौदा संशोधन समिति नबन्नु प्रमुख कारण रहेको कांग्रेस नेतृत्वले जनाउँदै आएको छ । नौसदस्यीय विधान मस्यौदा संशोधन समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गगन थापा र कृष्णप्रसाद सिटौला पक्षले प्रदीप गिरिको नाम सिफारिस गर्ने तयारी गरेको बुझिएको छ ।

सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने कांग्रेसको रणनीतिले महासमिति बैठकको मिति धकेल्न सभापति देउवालाई सजिलो भएको विश्लेषण गर्नेहरु पनि छन्

पछिल्लो समय सम्पन्न कांग्रेसनिकट भ्रातृ एवम् शुभेच्छुक संस्थाको महाधिवेशनमा संस्थापनलाई एक्ल्याउँदै वरिष्ठ नेता पौडेल र सिटौला पक्ष एक देखिएका थिए । र, एक भएका सबै महाधिवेशनमा संस्थापन पक्षले लगातार हार बेहोर्दै आएको छ । विधान मस्यौदा समितिमा वरिष्ठ नेता पौडेल पक्षले थापा र सिटौला–पक्षले गिरिको नाम सिफारिसको तयारी गर्नु कांग्रेसभित्र पनि एक भएको संकेत सभापति देउवालाई दिन खोजिएको स्रोतले बतायो । ‘मसँग लड्ने कि सरकारसँग’ भन्दै केही दिनअघि असन्तुष्ट पक्षसँग कड्किएका सभापति देउवालाई सचेत बनाउन पौडेल र सिटौला पक्षले यस्तो तयारी गरेको अनुमान गरिएको छ ।

सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने कांग्रेसको रणनीतिले महासमिति बैठकको मिति धकेल्न सभापति देउवालाई सजिलो भएको विश्लेषण गर्नेहरु पनि छन् । संशोधन मस्यौदा समिति बनेलगत्तै महासमिति बैठकको मिति टुङ्गो लाग्ने संस्थापन पक्षको दाबी छ । नौसदस्यीय विधान मस्यौदा संशोधन समिति कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बन्ने लगभग निश्चितजस्तै छ । संस्थापन पक्षबाट समितिमा ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा र डिला संग्रौला वा पुष्पा भुसालमध्ये एकको नाम चर्चामा छ । यस्तै, पौडेल पक्षबाट समिति सदस्यमा नविन्द्रराज जोशी, गगन थापा, जीवन परियार, डा.रामशरण महत, महिला वा जनजातिबाट सरिता प्रसाईं वा धनराज गुरुङमध्ये एक हुने चर्चा छ । दुवै पक्षले डा. मिनेन्द्र रिजाललाई पनि सिफारिस गर्नसक्ने अनुमान गरिएको छ ।

‘मसँग लड्ने कि सरकारसँग’ भन्दै केही दिनअघि असन्तुष्ट पक्षसँग कड्किएका सभापति देउवालाई सचेत बनाउन पौडेल र सिटौला पक्षले यस्तो तयारी गरेको अनुमान गरिएको छ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…