१८ वर्षपछि पनि सम्झिए कलाकार प्रविण गुरुङ

-मनोरञ्जन डेस्क

काठमाडौ । स्वर्गीय गायक तथा सङ्गीतकार प्रविण गुरुङको १८ औं स्मृतिमा “स्रष्टा सम्झना” कार्यक्रम सम्पन्न भएको छ ।

बिहिवार काठमाडौंको सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा आयोजित भव्य सांगीतिक कार्यक्रमकाबीच स्वर्गीय गायक तथा सङ्गीतकार गुरुङको स्मरण गरिएको हो । कार्यक्रममा विभिन्न कलाकारहरुले गुरुङको सम्झना गर्दै उनको व्यक्तित्व र सांगीतिक योगदानको चर्चा समेत गरे । उनको सम्झना र सम्मानमा कृष्णबहादुर गुरुङ, बिमाकुमारी दुरा, दीपेन्द्र बज्राचार्य, टिका गुरुङ लगायतका कलाकारहरुले प्रविण गुरुङका करिब १ दर्जन चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

गुरुङको यो दाजुको मिर्मिरे आँखा, माथिबाट को आयो सालको पात बजाउँदै लगायतका गीतहरु सदाबहार छन् । कार्यक्रमको आयोजना गुरुङ राष्ट्रिय परिषद् र तमु कलाकार संघको सहकार्यमा सांस्कृतिक संस्थानले गरेको हो ।

सांगीतिक समूह नमस्ते ब्याण्डसँग आवद्द गुरुङको मोटर साइकललाई २०५७ साल साउन २४ गते तत्कालीन शाहज्यादा पारस शाहको गाडीले ठक्कर दिदा उनको घट्नास्थलमै मृत्यु भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…

काठमाडौं । युक्रेनबाट पर्यटक भिसामा आएर काठमाडौंमा पिपुल वर्क ग्रुप सञ्चालन गरी एकजोडीले ६ सय भन्दा बढी युवालाई ठगी प्रयास…

रञ्जन भण्डारी महोत्तरी । ‘५ वर्षीय छोरा अझै पनि बुबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छ,’ थमन विककी पत्नी शोभाले भन्नुभयो, ‘मसँग…

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…