२०७५ साल साउन २५ गतेको राशिफल

मेष राशि
शारीरिक समस्या केही बढ्ला । बाँध विवादकाबीच काम सम्पन्न होला । सहयोगीबाट सोचेअनुसारको सहयोग नपाइएला । स्वार्थी व्यक्तिहरूको फन्दामा परिएला ।
वृष राशि
नसोचेका ठाउँमा सफलता प्राप्त होला । धन मालवस्तुहरु आउलान् । नयाँ काम गर्ने जोश जाँगर मिल्ला । इष्टमित्रबाट सुख प्राप्त होला । अरु दिन सामान्य रहला ।
मिथुन राशि
पठनपाठनका क्षेत्रमा भने हानी होला । आफन्ती व्यक्तिले सहयोग गर्लान् । अशुभ समाचार सुन्नुपर्ला । मनमा दिक्दारी मात्र लाग्ला । धन मालवस्तुको हानी होला
कर्कट राशि
अन्न तथा वस्त्रको लाभ होला । विशिष्ट व्यक्तिसंग भेटघाट होला । दौडधुप गरेपनि काम सम्पन्न होला । मानसम्मान तथा मिष्ठान्न भोजन प्राप्त होला ।
सिंह राशि
स्वास्थ्य भने केही कमजोर देखिएला । धन मालवस्तुहरु हानी होलान् । नजिकका व्यक्तिसँग मनमुटाव हुन सक्ला । मानसिक चिन्ता पर्ला अपमान सहनु पर्ला ।
कन्या राशि
अतिथिको सेवा गर्ने मौका मिल्ला । धन मालवस्तु अलंकार प्राप्त होलान् । स्वादिष्ट भोजन प्राप्त होला । मनमा उत्साह रहला । मनोरञ्जनात्मक क्षेत्रमा खर्च होला ।
तुला राशि
विशिष्ट व्यक्तिबाट सुख प्राप्त होला । मनमा शान्ति मिल्ला । आर्थिक पक्ष मजबुत बन्ला । मनमा उत्साह बढ्ला । थालेका काम सफल होला ।
वृश्चिक राशि
प्रशासनिक क्षेत्रबाट असहयोग होला । धर्म तथा भाग्यले पनि साथ नदेला । घर परिवारका सदस्यबाट धोका मिल्ला । दुःखपूर्ण तरिकाले काम सम्पन्न होला ठाउँ परिवर्तन गर्नु पर्ला ।
धनु राशि
आर्थिक संकटको सामना गर्नुपर्ला । रोगले सताउला । समस्या बढेर जाला । विरोधीहरुले काममा बाधा गर्लान् । धननाश हुनाले मनमा चिन्ता पर्ला । कष्टकर यात्रा गर्नु पर्ला ।
मकर राशि
नयाँ इष्टमित्रसँग भेट होला । महत्वपूर्ण कार्य सम्पन्न होला । मनमा उत्साह बढ्ला । व्यापार तथा व्यवसायबाट प्रगति होला । सुख प्राप्त होला ।
कुम्भ राशि
विरोधीहरु कमजोर होलान् । मित्रहरूको सुखद तथा सहयोग प्राप्त होला । उद्योग व्यवसाय गर्न जाँगर वृद्धि होला । धनमाल प्राप्त होलान् । मनमा हर्ष होला । नसोचेको काम बन्ला ।
मीन राशि
गरेका काम बिग्रेर यात्रामा बाधा आउला । शारीरिक शक्ति निस्तेज होला । स्वास्थ्यमा समस्या देखिएला । पारिवारिक स्वास्थ्यको बिषयमा खर्च होला ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…