३ सय अट्ने कारागारमा ६ सय ५८ जना राखियाे

नेपालगञ्ज ।  बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६ सय ५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको जेलर श्यामलाल लामिछाने बताउनुहुन्छ ।

नेपालगञ्ज १० स्थित बाँके कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएका छन् । कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर हाताभित्र फालिने र ढल निकासको पर्याप्त व्यवस्था नहुँदा वरिपरिको वातावरण दुर्गन्धित बनेको र फोहर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी भएका छन् ।

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घनाबस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताएको छ । कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । “क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो” जेलर लामिछानेको भनाइ छ ।

कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गर्दाका बखत आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती छ । अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको गनापुरमा खुल्ला कारागार निर्माणको काम शुरु गरिएको छ ।

नौवस्तामा तीन हजार कैदीबन्दी अट्नसक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । यी दुबै कारागार निर्माण भएपछि नेपालगञ्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिने जेलर लामिछानेको भनाइ छ । १० बिघा क्षेत्रफलमा पाँच वर्षभित्र सक्नेगरी दुईवटा कारागार भवन निर्माण गर्न लागिएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…