डाक्टरले लगाउने पञ्जा समेत बिरामीले किन्नुपर्ने

धादिङ। जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ ।

डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ । सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि अत्यावश्यक औषधिसमेत सकिएपछि अन्यौलमा परेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताउनुभयो ।

नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्नका लागि दिँदै आएको  आठदेखि १० लाख रकम नपुग हुँदा निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन ।

जिल्ला अस्पतालमा दैनिक आउने करीब २०० बिरामीको परीक्षण गर्दा चिकित्सकले प्रयोग गर्ने सामग्री र र निःशुल्क औषधिका लागि करिब  ७० लाख आवश्यक पर्ने भए पनि सरकारले उपलब्ध नगराउँदा निःशुल्क स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…

काठमाडौं । युक्रेनबाट पर्यटक भिसामा आएर काठमाडौंमा पिपुल वर्क ग्रुप सञ्चालन गरी एकजोडीले ६ सय भन्दा बढी युवालाई ठगी प्रयास…

रञ्जन भण्डारी महोत्तरी । ‘५ वर्षीय छोरा अझै पनि बुबा कहिले आउनु हुन्छ भनेर सोधिरहन्छ,’ थमन विककी पत्नी शोभाले भन्नुभयो, ‘मसँग…

काठमाडौं । नेपाल प्रहरीले सुरक्षा, सामरिक, प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ अनुसार विभिन्न कामका लागि १ सय ४ ठेकेदार…

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह…