दोस्रो पाँचपोखरी हाफ म्याराथन भदौ १० मा

काठमाडौँ । दोस्रो पाँचपोखरी हाफ म्याराथन अगामी भदौ १० गते हुने भएको छ । यहाँ आज पत्रकार सम्मेलन गरी दोस्रो पाँचपोखरी हाफ म्यारथन आयोजक समितिले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको थाङपाल पाँचपोखरी गाउँपालिकाको धार्मिक ऐतिहासिकस्थल पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिइयो ।

प्रतियोगितामा सहभागी हुने खेलाडीले आगमी भदौ ५ गतेभित्र आफ्नो नाम दर्ता गराइसक्नुपर्नेछ । दर्ता शुल्क सिन्धुपाल्चोकका खेलाडीलाई रु एक हजार, जिल्ला बाहिरका खेलाडीलाई रु दुई हजार र विदेशीलाई ३५ अमेरिकी डलर तोकिएको छ ।

नाम दर्ताका लागि सो गाउँपालिकाका सबै वडा, क्षेत्रपालेश्वरी माध्यमिक विद्यालय तिपेनी, मेलम्ची क्याफे इन मेलम्ची बजार, जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोक र गाउँपालिकाको फेसबुक पेजमा गएर फारम भर्न सकिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ५०, ३० र २० हजार प्राप्त गर्ने सगरमाथा आरोही एवं कार्यक्रम संयोजक कान्छीमाया तामाङले जानकारी दिनुभयो ।

सो अवसरमा सांसद शेरबहादुर तामाङले खेलकूदमार्फत जिल्लामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममार्फत पाँचपोखरी, आमायाङ्ग्री, ड्रायागन गुफा, अबेली, रैथानेश्वरी, च्याङ्बोडाँडा लगायतका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा प्रचारप्रसार गर्नु रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।

जनैपूर्णिमाको अवसरमा पाँच पोखरीमा विशेष मेला लाग्ने गर्छ । धार्मिक रुपमा महत्वपूर्ण पाँचपोखरी समुन्द्र सतहदेखि चार हजार १०० मिटरमा अवस्थित छ । यहाँ पाँच धार्मिक पोखरी छन् । पोखरी विश्वकै उच्च स्थानकामध्ये नवौँमा पर्छ । एकादशीदेखि शुरु हुने मेला पूर्णिमाका दिन समापन हुन्छ । मेला अवधिभर सिन्धुपाल्चोक र आसपासका जिल्लाबाट हजारौँ धार्मिक पर्यटक पाँचपोखरी पुग्छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…