दुःखीका मुहारमा कहिले छाउला हाँसो ?

आशीषबहादुर सिंह

बझाङ । २० वर्षपछि जनताले जनप्रतिनिधि पाउँदा जनताका मुहारमा खुसी छायो तर त्यो खुसी रहिरहन सकेन । स्थानीयस्तरमा जनप्रतिनिधि आएको एक वर्ष नबित्दै जनताका मुहारबाट हाँसो हराएको छ । यतिबेला गाउँगाउँमा सिंहदरबार होइन, ‘सिंह’ पुगेको आभाष गरेका छन् जनताले ।

जनता भन्छन्, ‘जनप्रतिनिधि आउदा सुख पाइन्छ भन्ने लाग्थ्यो, यहाँ त नेताहरुले रगतपसिना चुसेको जस्तो आभाष भएको छ ।’
प्रसंग हो विकट हिमाली जिल्ला बझाङको । बझाङको अति दुर्गम सैपाल गाउँपालिकास्थित खोला र नदीहरुमा पर्याप्त पुल तथा झोलुङ्गे पुल छैनन् । कहीँ कतै भए पनि त्यो पर्याप्त छैन र उपयुक्त ठाउँमा पनि छैन । र, प्रत्यक्ष मारमा परेका छन् स्थानीय ।

गाउँमा कोही बिरामी परिहाले त्यो भन्दा बढी दुःख र आपत अरु केही हुँदैन । सुत्केरी महिला र बुढापाकालाई जिल्ला अस्पतालसम्म पु¥याउन तीनदेखि चारदिन पैदल हिँड्नु पर्छ । गाउँपालिकाकै स्वास्थ्य चौकीमा लैजान दिनभर हिँड्नु पर्छ । कैयौँ खोला–खोल्सा पार गर्नुपर्छ । न हिँड्न राम्रो बाटोघाटो छ, न खोलाखोल्सा पार गर्न पुल पुलेसा नै । ‘

कति बिरामीले समयमा अस्पताल नपुगेर अकालमै ज्यान गुमाउनु परेको छ । कति सुत्केरीको बिचल्ली हुने गरेको छ । लेखाजोखा नै हुँदैन । वर्षायाममा पानीको बहाब बढेपछि खोला तर्न सक्ने सम्भावना नै हुँदैन तर नतरी सुखै छैन ।

नेताले चुनावका बेला जनतालाई सुख, शान्ति, समृद्धिको बाचा घरघरमै दिएमन थिए । तर एक वर्र्ष नबित्दै भुसुक्क बिर्सनु जनताका लागि मात्र पीडा होइन स्वयम् नेताको भविष्यान पनि दाग हुन सक्नेछ । चुनाबका बेला घरघरमा पुग्ने नेता सिंहदरबार छोड्न नसक्ने भएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका नजरमा जनता पर्नै सकेन् । गाउँमा कतिपय बिरामी उपचार नपाई ज्यान गुमाउनु परेको छ भने कतिपय गाउँकै जडिबुटी सेवन गरी बाँच्नुलाई भाग्य मानिरहेका छन् । अझ त्यो भन्दा विकराल समस्या त के छ भने, बिरामी बोक्नेहरु पनि खोलानाला पार गर्दा डुबेर ज्यानै जानसक्ने जोखिमबाट मुक्त हुन सकेनन् ।

प्रदेश नम्बर ७ को विकट हिमाली जिल्ला बझाङमा १२ स्थानीय तहमध्ये २ नगरपालिका र १० गाउँपालिका छन् । तिनै स्थानीय तहमध्येको एक साइपाल गाउँपालिका । सदरमुकामबाट झण्डै ४ दिन पैदल यात्रा गर्नुपर्छ । यहाँका जनता सधैँ परिवारको कोही गुमाएजस्तो–हराएजस्तो गरी मुहारमा हाँसोरहित देखिन्छन् । प्रदेश सरकार र संघीय सरकारको नजरबाट समेत यो क्षेत्र ओझेलमा परेपछि स्थानीयलेको गुनासोको चाङ बनाउने नै भए ।

सम्रग बझाङलाई पाँचवर्षमा समृद्ध बनाउने माननीयहरुको पहिलो चुनाबी एजेन्डा पनि थियो । तर बाचा पूरा हुनु त कहाँ, कामको सुरुवातसम्म भएन । जनतालाई लागिरहेको छ, ‘विकासका कुरा नेताहरुको भोट माग्ने भाषणकला मात्र हो, हाम्रो दुःख हामीसँगै छ ।’ जनता भनिरहेका छन्, ‘जुन जोगी आए पनि कानै चिरेको ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…

मितिः २०७५ असोज ३० गते मंगलबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा. चिन्तामणि गौतम ५ः१५ मालश्री धुन…

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…