काठमाडौं । गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौंको वितरक एभ ट्रेडिङ प्रालिसँगको सहकार्यमा रिटेलर्स मिट गरेको छ । रिटेलर्स मिटमा दुई पांग्रे तथा चार पांग्रे सवारी साधनका करिब तीनसय मेकानिक्स तथा लुब्रिकेन्ट्स बिक्रेता सहभागी थिए ।
नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेले मेकानिक्सले सही लुब्रिकेन्ट पहिचान गर्नु पर्ने आवश्यकतामा जोड दिँदै सडक सुरक्षाका लागि कन्डिसनयुक्त सवारी साधन सडकमा गुडाउन मेकानिक्सको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष प्रकाश कपुरी, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई, नेपाल मोटर स्पोर्ट्स क्लबका अध्यक्ष दीपक आचार्य र पशुपति माइक्रो बस व्यवसायी संघका अध्यक्ष मधुसुदन आचार्यले देश निर्माणमा मेकानिक्सको महत्वपूर्ण भूमिका भएकाले स्तरीय पार्ट्स र लुब्रिकेन्ट उपलब्ध गराएर रिटेलरलाई सडक सुरक्षा र देश निर्माणमा भूमिका खेल्न आग्रह गर्नु भयो ।
एभ ट्रेडिङ प्रालिका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले आगामी स्किमबारे जानकारी दिँदै सधैँ जस्तै आगामी दिनमा पनि साथ दिन रिटेलर्सहरुलाई आग्रह गर्नु भयो । गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडका सेल्स म्यानेजर दिवाकर मिश्रले गल्फ लुब्रिकेन्टको उत्पादन प्रक्रिया र गुणस्तर तथा यसको समग्र बजार अवस्थाबारे जानकारी दिनुभयो ।
यस्तै, एसएन्डएस ट्रेड कन्सर्न, अबि ट्रेड लिंक र डीएस ट्रेड लिंकलाई सुजुकी भिटारा ब्रेजा कार दिइएको थियो । एएन मोटर पार्ट्स, कारमान्डु मोटर्स, सिन्धुली अटो र अटो एभले रोयल इन्फिल्ड बुलेट ३५० सीसी बाइक पाए । एभ मोटर्स, सोनित अटो पार्ट्स र धनश्री अटो केयरले यामाहा सलुटो बाइक पाए । ताजपुरिया ट्रेड लिंक, अमन ट्रेड लिंक र कमल ट्रेड लिंकले थाइल्यान्ड भ्रमण गर्ने मौका पाए ।