घरमा बिग्रिएका बालबालिकालाई परमेश्वरले पनि सुधार्न सक्दैनन् (भिडियाेसहित)

दामोदर न्यौपाने लेखक तथा पत्रकार हुन् । उनको पाँचौ पुस्तक स्कुल बेच्ने बालक अहिले बजारमा चर्चामा छ । उनका एम्बुसमा ६ वर्ष, कर्म : सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय र स्कुल बेच्ने बालक गरी ५ वटा किताब मध्ये दुई वटा सिकाइसँग सम्बन्धित छन् । कर्म: सिकाइमा गहिरिएको खाडल र स्कुल बेच्ने बालक पुस्तक अभिभावक शिक्षालाई ध्यान दिएर लेखिएको न्यौपाने बताउँछन् ।

डेढ देशकदेखि पत्रकारितामा क्रियाशील न्यौपानेले जनता टेलिभिजनको कार्यक्रम किताबका कुरामा हाम्रा बालबालिकालाई गतिलो प्यारेन्टिङ दिन नसकेको बताए । ‘हामी हाम्रा बालबालिकालाई डाक्टर बन भन्छौं, इन्जिनियर बन भन्छौं,’ किताबको कुरामा अशेष घिमिरेसँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘हामी  उनीहरूलार्इ समाजसेवा गर्नुपर्छ पनि भन्दैनौं । लिन सिकाउँछौं, दिन सिकाउँदैनौं । त्याग गर्न सिकाउँदैनौं । हामीले मानवता सिकाएनौं हाम्रा छोराछोरीलाई । हामीले यहीनेर गलत गरिरहेका छौं ।

हामी बालबालिकालाई मानवता सिकाउँदैनौं

न्यौपानले सिकाइको प्रभावकारी थलो घरै भएको बताएका छन् । भारतका चर्चित शिक्षाशास्त्री गिजु भाइको प्रसङ्ग ल्याउदै उनले भनेका छन्, ‘घरमा विग्रिएका बालबालिकालाई परमेश्वरले पनि सुधार्न सक्दैनन् ।’ उनले थोरै समय विताउने स्कुलबाट धेरै अपेक्षा गरेको तर धेरै समय विताउने घरको सिकाइमा कुनै ध्यान नदिएको बताएका छन् । अभिभावकलाई काम लाग्ने केही टिप्स पनि दिएका छन् । हेर्नुहोस् भिडियोमा कुराकानी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…