स्वास्थ चौकी बनाउदै छिन् मिस नेपाल

उद्योग वाणिज्य संघ मकवानपुरद्वारा एक लाख सहयोग

पुष्पराज अधिकारी

हेटौंडा । मिस नेपाल श्रृंखला खतिवडाले मकवानपुरको विकटक्षेत्र कैलाश गाउँपालिकाको भार्तामा स्वास्थ्य चौकी निर्माण गर्न लाग्नुभएको छ ।

उहाँको प्रयासलाई सहयोग गर्न मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार बिहान एक लाख रुपैयाँ सहयोग गरेको छ । संघका पदाधिकारीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी मिस नेपाललाई हस्तान्तरण गरेका हुन् । मकवानपुरकै चेली मिस नेपाल भएको र ग्रामीण क्षेत्रका नागरिकको सेवाका लागि स्वास्थ्यचौकी निर्माण गर्ने योजनामा साथ दिन एकलाख रुपैयाँ सहयोग गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो ।

मिस नेपाल भइसकेपछि मिस वल्र्डमा सहभागी हुन जानुअघि कुनै रचनात्मक कार्य गर्नुपर्ने भएकोले विकट क्षेत्रका जनतालाई सेवा गर्ने भावनाले स्वास्थ्यचौकी निर्माण गर्न लागेको मिस नेपाल श्रृंखला खतिवडाले बताउनुभयो ।

४० लाख रुपैयाँ लागत अनुमान गरी निर्माण कार्य सुरु गरिए पनि विकट क्षेत्र भएकोले निर्माण सामग्री ढुवानीमा समस्या भएको मिस नेपाल खतिवडाले जानकारी दिनुभएको छ । आफू ईन्जिनियर भएकोले भवनको डिजाइन गरेर विभिन्न क्षेत्रको सहयोगमा विकट क्षेत्रका सर्वसाधारणको सेवामा एउटा काम गर्न चाहेको उहाँको भनाई छ ।

स्वास्थ चौकीको भवन निर्माणमा सबैक्षेत्रबाट सहयोग आउने क्रम रहेको बताउँदै आगामी २ महिनामा भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्ताण्तरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…