बुल्डोजर बनेर पेलिरहे पार्टी नरहन सक्छ (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा असन्तुष्टि, गुनासो, पूर्वाग्रह बढ्दै गएको बताउनु भएको छ ।

जनता टेलिभिजनको कार्यक्रम द भ्यूमा नेता खनालले भन्नुभयो, ‘मापदण्डमा म वरियतामा २० मा परुँ, आपत्ति छैन, तर टपक्क टिप्ने अधिनायकवाद शैलीको विरोध गर्दछु, म दोस्रो नेता कसरी चौथो भएँ, नेतृत्वले भन्नु पर्छ ।’

नेता खनालले गर्नु भएको कुराकानीको बुँदाः
-पार्टी र संगठनमा विज्ञानले होइन, मान्छेको नियतले काम ग¥यो । यो मार्क्सवाद होइन ।
-दुनियाँमा कम्युनिष्ट पार्टीले मात्रै न्याय दिन्छ भन्ने जनतालाई विश्वास छ ।
-कम्युनिष्ट पार्टीमै अन्याय भए त्यस्तो नेतृत्वलाई जनताले मान्छ ?
-माधव नेपालले वरियता स्वीकार गर्नु भयो, मलाई केही भन्नु भएन ।
-अहिले भएको सिफारिसलाई कार्यान्वयन भए पार्टीमा समानान्तर कमिटी बन्ने छ ।
-पार्टीका दुई अध्यक्ष तलको लेगेसीमुक्त हुनुपर्छ, क्षमतावान, अगुवालाई अगुवाइ गर्न दिनु पर्छ ।
-असन्तुष्टि रहे रहिरहोस् भनेर बुल्डोजर ढंगले पेल्ने हो भने कम्युनिष्ट पार्टी रहँदैन
-कमिटी प्रणाली, जनवादी ढंगमा र सामुहिक नेतृत्वमा चल्नु पर्छ ।
-माओवादीको ५ हजार केन्द्रीय कमिटी, बैठक नै नबसेपछि केको केन्द्रीय कमिटी ?
-दुईटा अध्यक्षले होइन, केन्द्रीय कमिटीले गर्ने हो निर्णय ।
-पार्टीमा फेरि पनि गुटबन्दी फैलिन्छ, चोइटिन सक्छ ।
-मप्रति होइन, कम्युनिष्ट पार्टीप्रति लोयल हुनु भएको हो । मैले जोगाउन त गुट बनाउनु प¥यो । यसले राम्रो सन्देश जाँदैन ।
-पुरुषोत्तम पौडेलजस्ताहरुलाई बायस गरेरै जाने हो भने पार्टीमा संकट त हुन्छ–हुन्छ । म त्यो पक्षमा छैन ।

बाँकी भिडियो हेर्नुहोस्ः

यो पनि पढ्नुहोस्

सरकारविरुद्ध ‘भीम’ अभिव्यक्ति

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…