कविताः तीजको नाममा

-अनिल श्रेष्ठ

तिम्रो तीजको बिजमा
विचलन त के भनौ ?
परिवर्तन आ’को झैँ लाग्छ साथी !

महादेवप्रतिको आस्था
र, श्रीमान् को आरोग्यता, लामो आयु
अनि
सुकुमार र सौम्य वरको
अपेक्षा भन्दा पर,
किन यसरी महिनैभरि,
हप्तैभरि,
कहिले अफिसका नाममा,
कहिले टाकनटुकन(छ्याकन्
फिसको नाममा,
अनि नानाभाँतीको मिसको नाममा,
किन जारी छ श्रृंखला दरै दरको साथी ?

तिम्रो तीजको बिजमा
अन्तरघुलन त के भनौँ ?
व्यापक फेरबदल आको’ झैँ लाग्छ साथी !
स्वतन्त्रता, उन्मुक्ति र व्यङ्ग्यले
भरिएका मीठा भाका भन्दा पर,
बहुलठ्ठी, मदहोस र बेहोसीका
डिजे बुरोको गीतमा,
आँगन अनि बारीको पाटाको
हिलो, धूलो र मजेत्रो बाहिर
साजसज्जाका उपक्रममा जेलिएर
धोक्रे सारी र छड्के तिलहरीमा
सजिएर महिनैभरि
हप्तैभरि,
कहिले डान्स बार र हुटेलमा,
कहिले पार्टी प्यालेसमा,
किन जारी छ श्रृंखला दरै दरको साथी ?

तिम्रो तीजको बिजमा,
अब समानता, स्वतन्त्रता र सशक्तिकरणका
ती आशातित बेर्नाहरु रोपिन्छन् कहाँ ?
अनि,
शोषण र उत्पीडनका
कुरुप नश्लहरु
भई निर्मूल
हिंसा र बहिष्कारका किर्नाहरु
समता र सभ्य तिज जन्मिन्छ कहाँ रु
रै’पनि महिनैभरि
हप्तैभरि सजिएर
किन जारी छ श्रृंखला दरै दरको साथी ?

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…